Comments Add Comment

भारतीय दुतावासको गाडीमा विप्लव माअोवादीको आगजनी

Indian-Car
तस्विर साैजन्यः निराजन बम मल्ल

१२ मंसिर, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा आगजनी भएको छ । २२ सीडी १७ नम्बरको गाडीमा शनिबार बिहान विप्लव माअोवादीका कार्यकर्ताले आगो लगाएका हुन् ।

अागजनीबाट गाडीको भित्री भाग जलेको छ भने सीसाहरू समेत फुटाइएको छ ।

प्रहरीले भने गाडीमा तार सट भएर आगो बलेको जनाएको छ । केहीबेरमा आगो नियन्त्रणमा लिएकाले गाडीमा खासै क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

Indian-Car2

तर, विप्लव नेतृत्वको नेकपा माओवादीले भने भारतीय दूतावासको गाडीमा आफूहरुले आगजनी गरेको दाबी गरेको छ । भारतले लगाएको नाकाबन्दीको बिरोधमा आइतबार बन्द आह्वान गरेको विप्लब माओवादीले भारतीय दूतावासको गाडीमा आगजनी गरेको बताएको हो ।

Indian-Car1
तस्वीर साैजन्यः निराजन बम मल्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment