Comments Add Comment

भूकम्प पीडित बस्नेतलाई आर्थिक सहयोग

Sandesh-Basnet-650
१२ मंसिर, भक्तपुर । भूकम्पमा परी दुवै खुट्टा गुमाएका बालक सन्देश बस्नेतलाई नेवाः पुचः दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

विनाशकारी भूकम्पमा परी दुवै खुट्टा गुमाएका बस्नेतलाई शनिबार एक कार्यक्रमको आयोजना गरी नेवाः पुचः दक्षिण कोरियाले संकलन गरेको रकम दिव्यश्वरी सहयोग हातहरुले हस्तान्तरण गरेको हो । भक्तपुरको निष्ट स्कूलमा आयोजित कार्यक्रममा बस्नेतलाई एक लाख ६८ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

बस्नेत दीपेन्द्र आवासीय प्रहरी विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र हुन् । कहालि लाग्दो भूकम्पले आफ्ना दुवै खुट्टा गुमाउनु परे पनि यसरी सहयोगी हातहरुको सहयोगले आफूलाई केही गर्न हौसला मिलेको उनले बताए । राम्ररी अध्ययन गरेर सबैको सपना पूरा गर्ने बस्नेतको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment