Comments Add Comment

म नै नयाँ हुँ, एकपटक मौका दिनोस्: रामचन्द पौडेल

Ram-chandra-Paudel१२ मंसिर, तनहुँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफू नयाँ भएकाले एकपटक पार्टी सभापतिमा जिताउन कार्यकर्ताहरुसँग आग्रह गरेका छन् । आफूले एकचोटि नेतृत्व गरेपछि युवा पुस्ताको पालो आउने उनको भनाइ छ ।

आगामी फागुनमा हुने पार्टीको तेह्रौं महाधिवेशनमा सभापति पदका लागि सुशील कोइराला र शेरबहादुर देउवाले आफुलाई समर्थन गर्नुपर्ने पौडेलको आग्रह छ ।

दमौलीमा शनिबार आयोजित रिपोटर्स क्लवको साक्षात्कारमा पौडेलले आफूले लामो समय पार्टीमा रही धेरै त्याग गरेकोे र पार्टी कार्यकर्ता र शुभेच्छुकहरुको धारणा रहेकाले यसपटक दुई नेताले सभापतिमा आफूलाई समर्थन गर्नुपर्ने बताए ।

‘म नै नयाँ हुँ, एकपटक मौका दिनोस्’

तीन शीर्ष नेताहरुले अब सल्लाहाकारमा बसेर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ नि भन्ने जिज्ञासामा पौडेलले भने, ‘त्यसोभए म नै नयाँ हुँ, एकपटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनुपर्छ, त्यसपछि नयाँ पुस्तामा स्वतह नेतृत्व हस्तान्तरण हुन्छ ।’

पौडेलले भने, ‘सुशीलजी सभापति र प्रधानमन्त्री दुबै भइसक्नुभयो, अब उहाँले लोभ गर्नुहुन्न । शेरबहादुरजी तीन-तीनपटक प्रधानमन्त्री भइसक्नु भयो । त्यसैले अब पार्टी सभापति हुने पालो मेरो हो ।’

पौडेलले पार्टीलाई संगठित, जुझारु र समयसापेक्ष बनाउन पनि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी आवश्यक रहेको दावी गरे ।

पौडेलले मुलुकको समस्या समाधान गर्न भारतका केही नेता र मधेसी मोर्चासँग वार्ता भइरहेकाले छिट्टै समाधान निस्कने दाबी गरे । केपी ओलीको सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा पनि समस्या बढाउनेतर्फ उन्मुख भएको पौडेलले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment