Comments Add Comment

नक्कली परीक्षार्थी बनेका दुई डाक्टर पक्राउ

Doctor

१२ मंसिर, काठमाडौं । डाक्टरहरुको लाइसेन्सका लागि लिइने नेपाल मेडिकल काउन्सिलको परीक्षामा नक्कली परीक्षार्थी बनेर गएका दुईजना चिकित्सक पक्राउ परेका छन् ।

काठमाडौंको स्वयंभू सानो भर्‍याङस्थित आर्मी प्रतिष्ठानमा शनिबार भएको मेडिकल काउन्सिलको परीक्षामा यस अघि नै काउन्सिलबाट लाइलेन्स प्राप्त दुई चिकित्सकहरु नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका अवस्थामा पक्राउ परेका हुन् ।

स्रोतका अनुसार उनीहरुले सक्कली परीक्षार्थीको प्रवेश पत्रमा फोटोसमेत परिवर्तन गरेका थिए । परीक्षार्थी नवीनकुमार यादवको ठाउँमा डा. सुशील मण्डलले परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

त्यस्तै अर्का परीक्षार्थी सुरेश साहको नामबाट अर्कैले परीक्षा दिइरहेका थिए ।

मेडिकल काउन्सिलका सदस्य सुरज शर्माले नक्कली परीक्षार्थी पक्राउ परेको स्वीकार गर्दै केहीबेरमा विवरण सार्वजनिक गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment