Comments Add Comment

गोरेबहादुर खपाङ्गीको उपचारमा सघाउने ओलीको आश्वासन

Pm-Kp-oli-With-Gore-bahadur Khapangi

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री तथा आदिवासी जनजाति अधिकारका अभियन्ता गोरेबहादुर खपांगीको उपचारमा राज्यले सघाउने आश्वासन दिएका छन् ।

दुई वर्षदेखि अचेत अवस्थामा रहेका खपाङ्गीको अवस्थाबारे सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अवगत गराएपछि प्रधानमन्त्री ओली खपाङ्गीको ललितपुरस्थित डेरामै पुगेर उनको अवस्थाबारे जानकारी लिएका हुन् ।

एमाले उपाध्यक्ष बामदेव गौतम र सञ्चारमन्त्री राईसहित खपांगीको डेरामा पुगेका प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन परिवारका सदस्यलाई दिए ।

७१ वर्षीय खपाङ्गी ०७० सालमा आदिवासी जनजाति चलचित्र महोत्सव समारोहमा भाग लिन भृकुटीमण्डतर्फ जाने क्रममा पुरानो बसपार्कमा मोटरसाइकले ठक्कर दिएपछि बहोस भएर लडेका थिए । त्यसयता उनको उपचार नेपालभित्र र सिंगापुरका बिभिन्न अस्पतालमा गराउँदा पनि निको हुन नसकेको श्रीमती विद्या खपांगी मगरले बताइन् ।

उपचारका क्रममा देशभित्र र बाहिर गरी एक करोड ८० लाख रुपैयाँ भन्दा बढी खर्च भएको परिवारका सदस्यले बताए । प्रधानमन्त्री ओलीसमक्ष गोरेबहादुर पत्नी विद्याले उपचार खर्च सहयोगका लागि निवेदन दिइन् ।

ओलीले निवेदन बुझ्दै भने-मुलुकको लोकतान्त्रिक, वामपन्थी र आदिवासी जनजाति आन्दोलनमा उहाँले गरेको योगदान हामीले भुलेका छैनौं, सरकारले सक्दो सहयोग गर्नेछ ।

तत्कालीन नेकपा मालेको राजनीति र शिक्षण पेशा अँगालेका गोरेबहादुर पञ्चायतकालमा मालेका चर्चित नेता थिए । उनी रामेछापको गौरीशंकर माविको हेडमास्टर भएकै बेला पक्राउ परेका थिए ।

खपांगीले बहुदलीय व्यवस्था स्थापनापछि माले पार्टी परित्याग गरी जनजाति आन्दोलनमा लागेर जनमुक्ति पार्टी खोलेका थिए । राजा ज्ञानेन्द्रको शासन कालमा उनी मन्त्री भएका थिए ।

सुरुमा दसैं बहिस्कार गरेका उनले पछि राजाको हातको टीका लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment