Comments Add Comment

पाँच टिप्स, जसले उत्पादकत्व बढाउन सहयोग गर्छन्

productivity-blog-600x250१२ मंसिर, काठमाडौं । तपाईं सानो व्यापार नै गर्दा अाफ्नो समय र ध्यान उछिन्ने मान्छे र परियोजनाहरू दर्जनौं हुन्छन् । त्यस्तो अवस्थामा तपाइका स्रोतहरुलार्इ के कामम बढी केन्द्रित  गर्ने भन्ने पत्ता लगाउन असजिलो हुनसक्छ ।

तर, अाफ्नो व्यक्तिगत उत्पादकत्वले अाफ्नो कम्पनीको उत्पादकत्व निर्धारण गर्न मदत गर्छ । त्यसैले आफनो उत्पादकत्वलाइ ध्यान दिन निकै जरुरी रहन्छ ।

१.महिनामा ८०-२० विश्लेषण तालिका

उत्पादकत्व गुरु ‘टिम फेरिस‘ले ब्रेन क्विकन नामक अनलाइन सप्लिमेन्ट कम्पनी सन्चालन गर्दा ब्यापार बढाउन र समय बचाउन यो आइडियाको प्रयोग गरेका थिए । यो विधिको मुख्य उदेश्य भनेको बढी केन्द्रित गर्नु पर्ने कामलाई हाइलाइट गर्नु हो । सुरुमा ८० प्रतिशत जति चाहेको परिणम निकाल्ने र २० प्रतिशत जति क्रियाकलापलाइ पोइन्ट आउट गर्नुहोस । त्यसपछि तपाइको ८० प्रतिशत जति समय लिने २० प्रतिशत क्रियाकलापई छनोट गर्नुहोस् ।

२. छोटो प्राथमिकतालाई सूचिमा राख्नुहोस्

साना ब्यवसाय सन्चालन गर्दा तपाइलाई सबै कुरा गर्नु पर्ने र सबै कुरालाई बराबरी ध्यान आवश्यक जस्तो देखिन सक्छ । त्यसैले प्राथमिकताहरुको सूची बनाउनु निकै महृत्वपुर्ण हुन्छ । यसो गर्दा उत्पादनमा ध्यान दिन सकिन्छ ।

३.मिटिङलाइ ३० मिनेटमा सिमित राख्नुहोस्

प्राय मिटिङ १ घण्टा वा सोभन्दा बढी राख्ने गरिन्छ । लामो समय मिटिङ राखियो भने मात्रै छलफल गंभीर हुने कतिपयको विश्लेषण पनि छ । तर, जेफ केडनका अनुसार धेरै जसो मुद्दाहरू ३० मिनेट जतिमा सक्नु नै राम्रो हुन्छ । कुनै पनि बिषयलार्इ अतिरिक्त समयको जरुरत छैन जस्तो लाग्यो भने ३० मिनेटको तालिका बनाउने बानी बनाउनु नै उपयुक्त हुन्छ ।

४. कम्तिमा महिनाको एक दिन लामो अवधिको बारेमा सोच्नुहोस्

दीर्घकालीन योजना कम्तीमा महिनामा एकपटक सोच्नु जरुर छ । फुर्सदको समय वा विदाको समयमा दिमाग फ्रेस भएको बेला ब्यापारको बारेमा सोच्दा राम्रा आइडिया जेनेरेट हुन सक्छन् ।

५. विश्लेषण पक्षघातबाट जोगिनुहोस्

जेम्स वाटर भन्छन्- कहिलेकाही हामिले अर्पयाप्त सुचना हुँदा-हुँदै पनि निर्णय लिनुपर्ने हुन्छ । उनले हृवाइट हाउसमा कार्यक्रम निर्धारण को उप-निर्देशकका रुपमा काम गरेका थिए । उनका अनुसार हृवाइटहाउसमा पनि कयौं पटक त्यो गर्नु परेको थियो । ‘सकेसम्म धेरै भन्दा धेरै तथ्यांक संकलन गरेर विश्लेषण गर्नू जरुरी हुन्छ । तर निर्णय गर्न ढिलो गर्नु भने हुँदैन ।’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment