Comments Add Comment

छोरीको ब्वाइफ्रेन्डलाई आमाले उछिट्याएपछि…

Dannii-with-mom

म्यारी समर्स यस्ती आमा हुन् जसले आफ्नी छोरीको ब्वाइफ्रेन्ड खोसिन् र विवाह गर्न ठिक्क परेकी छिन् । यद्यपि, छोरीलाई देखाई-देखाई विहे गर्ने उनको इच्छा भने उनको पूरा हुने छैन ।

म्यारीकी छोरी डान्नीले आमाको विहेमा नजाने घोषणा गरिसकेकी छिन् । आफ्नो पूर्वप्रेमी एन्टोनी किलाई आमाले उछिट्याएको उनलाई कम्ति चित्त दुखेको छैन ।

यद्यपि, आमा र प्रेमी दुवैबाट प्राप्त यो धोकालाई उनले माफी गरिसकेकी छिन् ।  उनी भन्छिन्-‘मैले छातिमा ढुंगा राखेर उहाँहरु दुवैलाई माफी दिएकी छु । तर, म बिहेमा जान्न । किनकी हामी तीनै जनालाई अप्ठेरो हुन्छ ।’

आमा र प्रेमीबीच अफेयर सुरु भएको थाहा पाउँदा डान्नीलाई निकै ठूलो आघात परेको थियो । एन्टोनी आफैंले एक दिन उनकी आमासित सेक्स गरेको बताइदिएका थिए । उनले आमा र प्रेमी दुवैलाई सम्झाइन् । तर, दुवैजना टसमस भएनन् । अन्ततः उनले आफैं आमाबाट टाढिने विचार गरिन् र शहर छाडेर हिँडिन् ।

एक वर्षपछि फेरि मन बुझाएर घर फर्किन् र आमासँगै बस्न थालिन् । ‘मलाई पहिले त उनीहरुले अपर्झट सेक्स गरेका होलान् वा हल्काफुल्का अफेयर होला झैं लागेको थियो । तर, बुझ्दै जाँदा उनीहरु गहिरो प्रेममा परिसकेका रहेछन् । मेरी आमा मेरो प्रेमीलाई छाड्नै नसक्ने भइसकेकी रहिछन् ।’

‘आमा सबैको एकजना मात्र हुन्छ । आमाले नै यस्तो चोट देलिन् भन्ने कल्पना पनि थिएन । तर यसैको निहुँमा म आफ्नी आमालाई सँधैको लागि गुमाउन चाहन्न । त्यसैले सम्झौता गरेकी हुँ ।’

डान्नी र एन्टोनीबीच सन् २०११ को अक्टोबरमा प्रेम सुरु भएको थियो । त्यतिबेला उनी १७ वर्षकी थिइन् । एन्टोनीले उनलाई बच्चाजस्तो व्यवहार गर्थे । सिनेमा हेर्न लैजान्थे, गिफ्टहरु ल्याएर दिन्थे । औधी माया गरेझैं लाग्थ्यो डान्नीलाई । आमाले पनि एन्टोनीको खुब प्रशंसा गर्थिन् ।

पहिले सेक्स, पछि प्रेम

Marie-Summers-and-boyfriend-Anthony

डान्नीकी आमा म्यारीले छोरीको प्रेमीसित पहिले सेक्स र त्यसपछि प्रेम भएको बताएकी छिन् । डान्नीसित प्रेम सुरु भएको करिब ६ महिना पछि एन्टोनीलाई खुट्टामा चोट लागेर बेड रेस्ट गर्नुपर्ने भयो । त्यतिबेला उनी आफ्नी दिदीसित बस्दै आएका थिए । दिदीले स्याहार्न नभ्याउने भएपछि उनी डान्नीको घरमा बस्न आए ।

डान्नीको आमा छोरी तथा उनका दुई बहिनीहरु बस्थे । डान्नी आफ्नी बहिनीसित सुत्ने गर्थिन् भने म्यारी एक्लै सुत्थिन् । म्यारीका श्रीमान भने अर्की श्रीमती बिहे गरेर छुट्टै बस्दै आएका छन् ।

पहिलो रात एन्टोनी सोफामा सुतेका थिए । दोस्रो रात भने म्यारीले एन्टोनीलाई आफूसँगै सुत्न डाकेकी थिइन् जसलाई एन्टोनीले सजिलै स्वीकारे ।

‘मैले उनीसित सेक्स गर्ने नियतले बोलाएकी थिइनँ,’ म्यारी दावी गर्छिन्, ‘अर्को खाट नभएकाले वाध्य भएर बोलाएकी थिएँ ।’ त्यहि रात उनीहरुबीच सबथोक भएको थियो । त्यसपछिका हरेक रातहरुमा उनीहरुले सँगै सुत्थे । तर डान्नीले यसबारे कुने छनक पाइनन् किनकी बिहान हुने बेला एन्टोनी सोफामै आएर पसारिन्थे ।

सेक्ससँगै उनीहरुबीच प्रेम बढ्न थाल्यो । डान्नी नभएका बेला उनी लामो समय रोमान्समा लिप्त रहन थाले । यो सबै कुरा डान्नीलाई कसरी सुनाउने भन्ने सल्लाह भयो । र एकदिन रोएको अभिनय गर्दै एन्टोनीले डान्नीलाई सबै कुरा सुनाए ।

डान्नी स्तब्ध भइन् र तत्कालै आमालाई फोन गरिन् । आमाले पनि स्वीकार गरेपछि उनलाई खपिसक्नु भएन । त्यहि दिन उनी पोकापन्तुरा बाँधेर घर छाडेर हिँडिन् र बाबुसँग बस्न थालिन् । यद्यपि बाबुलाई यसबारे केहि जानकारी नदिएको उनी बताउछिन् । एक वर्षसम्म उनी आमासित सम्पर्कबिहिन रहिन् । बहिनीहरुसँग पनि । डान्नी हिँडेपछि उनीहरु झनै फुक्काफाल भए ।

अर्को प्रेम पनि असफल

बुवाको परिवारसित बस्ने क्रममा डान्नीको एक युवक ड्यामियोन अर्थ सित अफेयर सुरु भयो । उनी ड्यामियोनबाट गर्भवती समेत बनिन् । गर्भवती बनेको ६ महिनापछि ड्यामियोनसित उनको झगडा भयो र दुवै जना छुट्टएि । त्यसपछि उनले आफ्नी आमालाई सम्भिmन् र फोन गरिन् । आमाले उनलाई घर फर्किन आग्रह गरिन् र डान्नी पनि तयार भइन् ।

‘भेटमा हामी दुवैले विगतलाई विर्सेर एक अर्कालाई अंगाल्यौं र खुबै रोयौं,’ डान्नी भन्छिन् । अहिले आमा-छोरीबीच अहिले सुमधुर सम्वन्ध छ । एन्टोनीका विषयमा उनीहरुबीच ठट्टा पनि चल्छ । ‘तिमी यस्ती तरुनी हुँदाहुँदै मलाई रोज्ने कस्तो मुर्ख है’ भन्दै खित्खिताउछिन् म्यारी ।

म्यारी चाहिन्छन् आफूहरुको विहेमा छोरी पनि उपस्थित भएको हेर्न । तर डान्नी यसका लागि तयार छैनन् । ड्यामियोनसित प्रेम टुटेपछि उनलाई अर्को केटा साथी चाहिएको छ यति बेला । यद्यपी अहिले उनको प्राथमिकता भने पेटको बच्चालाई सुरक्षित जन्म दिनु हो ।

(मिररबाट अनुवादित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment