Comments Add Comment

भैरहवा नाका पुगेर अर्थमन्त्रीले भने- नाका सुरक्षित छ, पारिबाट गाडी झिकाउनोस्

Bishnu-Paudel

१२ मंसिर, भैरहवा । अर्थमन्त्री बिष्णु पौडेलले भैरहवास्थित नेपाल-भारत सुनौली नाका अवलोकनपछि भारततर्फ अड्किएका मालवाहक र इन्धनका गाडीहरु नेपाल भित्रन कुनै समस्या नरहेको ठहर गरेका छन् । भारततर्फ रोकिएका गाडीहरु तत्कालै नेपाल भित्र्याउने प्रक्रिया सुरु गर्न मन्त्री पौडेलले स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।

शनिबार बिहान भैरहवा नाका अवलोकनपछि भन्सार, सुरक्षा तथा स्थानीय प्रशासनका सरकारी अधिकारीहरुलाई निर्देशन दिँदै मन्त्री पौडेलले भने-नाकामा कुनै अवरोध देखिएन, उता (पारि) तिर पहल गरेर आपूर्ति सहज गराउनुस्, म तपाईहरुको काम परिणाममा मूल्यांकन गर्छु ।

नाकामा कुनै पनि अवरोध नदेखिएको र मोर्चाका कार्यकर्ताको धर्नासमेत नरहेको अवस्थामा भारततर्फ रोकिएका गाडीहरु तत्कालै नेपाल ल्याउने प्रक्रिया थाल्न मन्त्री पौडेलले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

सीमा नाकाको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले प्रमुख जिल्ला अधिकारी, भन्सार अधिकारी र रुपन्देहीका प्रहरी प्रमुखसँग केहीबेर छलफल गरेका थिए ।

मन्त्री पौडेलले बेलहिया नाकाबाट सामान आयात निर्यात हुन कुनै समस्या नरहेको बताए । उनले सुरक्षामा कुनै समस्या नरहेकाले भारतीय पक्षसँग समन्वय गरेर नाका सुचारु हुनुपर्ने बताएका थिए ।  ‘यदि नाकाबन्दी होइन भने बेलहिया नाकाबाट गाडीहरु भित्रिन कुनै सुरक्षा समस्या छैन, चौबिसै घण्टा एस्कोर्टिङ गरेर गाडी पास गर्नुपर्छ’ पौडेलले भने । पौडेलले माथिबाट आफूले कुटनीतिक पहल गर्ने समेत बताए ।

अर्थमन्त्री पौडेलले बुटवलमा पुल उदघाटन एवं शिलान्यास कार्यक्रमका लागि गएका बेला सीमा नाका निरीक्षण गरेका हुन् । उनी रुपन्देहीबाटै निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment