Comments Add Comment

आधा दर्जन पेट्रोल पम्पमा सिलबन्दी

१२ बनेपा, मंसिर । काभ्रेपलाञ्चोक जिल्लामा सिलबन्दी भएका पेट्रोल पम्पको सङ्ख्या छ पुगेको छ ।

उपकरण जडान गरी उपभोक्ता ठगी गरेको भन्दै वाणिज्य विभागले पाँचखाल नगरपालिकाको पाँचखाल आयाल स्टोर्समा पनि आज सिलबन्दी गरेपछि अनियमितता गर्ने पम्पको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार सो पेट्रोल पम्पले पनि उपकरण जडान गरेर पेट्रोलियम पदार्थ बेचेको प्रमाणित भएकाले उपकरण जफतसहित सिलबन्दी गरिएको हो ।

यसअघि बनेपाका दुई , जनागाल, पनौती र कुन्ताबेंसीमा रहेका एक एक गरी पाँच पेट्रोल पम्प सिलबन्दी भइसकेको छ । जिल्लामा रहेका २० पेट्रोलपम्पमा अनुगमन गर्दा छ वटामा मात्रै अनियमिताता भएको भेटिएको छ । स्थानीय बासिन्दाका अनुसार केही पम्पले केही दिनमै पुराना पेट्रोल पम्पको यन्त्र परिवर्तन गरेका छन् । केही दिनयतादेखि विभागले प्रहरीको सहयोगमा नियमित रुपमा पेट्रोल पम्पको अनुगमन गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment