Comments Add Comment

पोखरामा पनि औषधि अभाव, अस्पतालहरुको सेवा प्रभावित

medicine

सन्देश श्रेष्ठ

१२ मंसिर, पोखरा । भारतको नाकाबन्दीले औषधि आयात नभएपछि पोखरामा पनि अभाव शुरु भएको छ । जसका कारण अस्पतालहरुको सेवा प्रभावित भएको छ ।

भारतीय नाकाबन्दीले सहज आपुर्ति नहुँदा अभाव शुरु भएको औषधि व्यावसायी संघ अञ्चल शाखा गण्डकी अध्यक्ष यामनाथ पौडेलले बताए । उनले भने-‘पोखरामा केही औषधिहरु अभाव हुन थालेका छन्, सघन कक्षमा उपचारका लागि सुईबाट दिइने औषधिहरु अभाव हुन थालेको छ ।’

अध्यक्ष पौडेलले सरकारी अस्पतालमा आईसीयू, एनआईसीयू, सीसीयूमा प्रयोग हुने औषधि अब सकिन लागेको बताए । तर, नीजि अस्पतालमा भने औषधिहरु केही सातालाई पुग्ने छ । पोखरामा अझै एक महिनाका लागि भने औषधिको हाहाकार भने भइनहाल्ने उनले दाबी गरे ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेण्डेण्ट श्रीकृष्ण श्रेष्ठले अब दुई सातामा पनि नाकाबन्दी नखुले औषधिको पोखरामा हाहाकार मच्चिने बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्वनडाइअक्साइडको अभाव भएपछि दुरबिनबाट हेरेर गरिने अप्रेसन हुन छाडेको जानकारी दिए ।

उनले स्थिति नसुधि्रए अझै धेरै औषधि अभाव हुने र जसका कारण अस्पताल पूर्णरुपमा प्रभावित हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment