Comments Add Comment

मधेसी गठवन्धनका कार्यकर्ताले कांग्रेसको कार्यक्रम बिथोल्दै झण्डा जलाए

Congresh-Flag-Burn

श्याम सर्राफ

१२ मंसिर , वीरगञ्ज । मधेस आन्दोलनको समर्थनमा शनिवार वीरगञ्जमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रम संघीय समावेशी मधेसी गठवन्धनले नै बिथोलेका छन् ।

मधेसी गठवन्धनमा आवद्ध मधेसी दलका नेता कार्यकर्ताले कांग्रेस कार्यकर्ताले बोकेको कांग्रेसको झण्डा र ब्यानर खोसेर जलाएका छन् ।

संघीय समावेशी मधेशी गठबन्धनमा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शीव पटेलको अगुवाइमा रहेका मधेसी दलका कार्यकर्ताले कांग्रेसको झण्डा र ब्यानर जलाएका हुन् ।

मधेसी दलका नेता कार्यकर्ताहरुले झाण्डा र ब्यानर खोस्ने क्रममा दुवै पक्षबिच सामान्य झडप पनि भएको थियो ।

मधेसी दलका कार्यकर्ताहरुले काँग्रेसको कार्यक्रम बिथोलेर झण्डा र ब्यानर जलाउँदा त्यहा खटिएका प्रहरीहरु मुकदर्शक बनेर उभिएका थिए ।

कांग्रेसको झण्डा र ब्यानर खोसेर जलाएपछि मधेसी दलका नेता कार्यकर्ताहरुले कांग्रेस मुर्दावाद, घुसपैठ बन्द गर जस्ता नारा लगाएका छन् ।

कांग्रेस नगर कार्य समितिले मधेस आन्दोलनको समर्थनमा शनिवार दिउँसो वीरगञ्जको माइस्थान चोकबाट जुलुस निकालेको थियो । जुलुश आदर्शनगर, अलखीया मठ, घडीअर्वा हुँदै पुन मायस्थान चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा काँग्रेसका नेताहरुले सम्बोधन गरिरहेका बेला २०/२५ जनाको संख्यामा पुगेका मधेसी दलका नेता कार्यकर्ताहरुले कांग्रेसका नेता कार्यकर्ताहरुले बोकेको झण्डा र ब्यान खासेर जलाइदिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment