Comments Add Comment

सिंहदरबारदेखि राष्ट्रसंघ भवनसम्म मानव साङ्लो प्रदर्शन गरिने

Rastiya-Swanta-Aviyan

१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वाधीनता अभियानले नेपालमाथि लगाइएको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म मानव सांग्लो प्रदर्शन गर्ने भएको छ ।

अभियानले शनिबार पत्रकार सम्मेलन गरी सोमबार २ देखि ३ बजे एक घण्टा राष्ट्रको पक्षमा राष्ट्रिय झण्डासहित उभिन सबैलाई आह्वान गरेको छ ।

अभियानका नेता तथा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले भने-‘हामीले नेपालले भोगेको संकट अन्तर्राष्टियकरण गर्नका लागि सिंहदरवार र राष्ट्रसंघलाई जोड्न खोजेका हौं । हाम्रो आन्तरिक समस्या हामी आफैं समाधान गर्न सक्छौं भन्ने सन्देश दिने हो ।’

पत्रकार सम्मेलनमा मानवअधिकारकर्मी सबोध प्याकुरेल, एमाओवादी नेता कृष्ण केसी, मसालका कृष्ण अधिकारी, कलाककर्मीहरुको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment