Comments Add Comment

नेपाली क्रिकेटर आफ्नो छोरा जस्ता हुन्ः दशानायके

Pubudu-Dasanayake

१२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दासानायकेले चार वर्षे नेपाल बसाइ सकेर शनिबार राति क्यानडा फर्किँदैछन् ।

क्यानडा फर्किनु अघि शनिबार विहान उनी रातोपुलमा नेपाल क्रिकेट स्कुलको उद्घाटनमा सहभागी भए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै दासानायकेले नेपाल वसाइ सन्तोषजनक रहेको बताए ।

दासानायकेले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा नेपाल विश्व क्रिकेट डिजिभन ४ मा थियो । तर खेलाडीहरुमा रहेको प्रतिभा प्रस्फुटन गराइ दासानायकेले नेपाललाई विश्व क्रिकेट डिजिभन १ मा पुर्‍याए ।

दासानायकेको प्रशिक्षणमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दै सम्झनलायक प्रदर्शन गरेको थियो । खेलाडीहरुको सुधारिएको प्रदर्शन, दर्शक र फ्यानको मायाका कारण चार वर्षे नेपाल बसाइबाट आफू खुशी रहेको बताए ।

नेपालको क्रिकेट अहिले सही ट्रयाकमा रहेको भन्दै उनले खेलाडीहरुले निरन्तर खेल्ने संरचनाको आवश्यकतामा जोड दिए ।

दासानायकेले आफू जागिर खानका लागि नभइ नेपालको क्रिकेट विकासका लागि आएको र त्यसमा केही हदसम्म सफल भएको उनले बताए । उनले नेपालका खेलाडीहरुलाई आफ्ना लागि छोरा जस्तै भएको भन्दै भन्दै क्यानाडा फर्किए पनि आफूले नेपाल र नेपाली क्रिकेटलाई नविर्सिने बताएका छन् ।

प्रशिक्षक दासानायकेले खेल संरचनामा परिवर्तन गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिए नेपाली क्रिकेटलाई ठूलो फड्को मार्नबाट कसैले रोक्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment