Comments Add Comment

रियल सोसिडाडको पोष्टमा बार्सिलोनाको चार गोल, चार अंककै अग्रता

Messi-And-Neymar

१३ मंसिर, काठमाडौं । चोटमुक्त भएर मैदान फर्किएपछि लिओनल मेस्सीको पहिलो लिग गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल सोसिडाडलाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलेनाले २२ औं मिनेटमा नेयमारको गोलबाट सुरुवाति अग्रता लिएको थियो । ४१ औं मिनेटमा लुइस स्वरेजले उत्कृष्ट भली गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २-० ले अगाडि रहृयो ।

दोस्रो हाफको ५३ औं मिनेटमा नै नेयमारले व्यक्तिगत दोस्रो गोल गरे । ला लिगाको १२ खेलमा उनको यो १४ ओं गोल हो ।

खेलको अन्तिममा नेयमारको पासमा मेस्सीले गोल गरे । चोटका कारण दुई महिना मैदान बाहिर रहेका मेस्सी रियल मड्रिडसँगको इएल क्लासिकोबाट मैदान फर्किएका थिए । चोटमुक्त भएर मैदान फर्किएपछि ला लिगामा मेस्सीको यो पहिलो गोल हो ।

जितसँगै बार्सिलोना १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।

२४ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ र उसले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment