Comments Add Comment

भूकम्पपीडितलाई चिसोले कष्ट, पालमा बस्ने केटाकेटी बिरामी

१३ मंसिर, काठमाडौं । १२ वैशाखको भूकम्पले घरबारबिहीन भएका काभ्रेका भूकम्पपीडितलाई कठ्यांग्रिँदो चिसो अर्को संकट बनेर आएको छ । सात महिनादेखि पालमुनि र अस्थायी टहरामा बस्दै आएका उनीहरुको बसाई चिसोका कारण कष्टकर बन्दै गएको छ । केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेको नयाँ पत्रिकामा खबर छ ।

देउपुर, च्याम्राङबेसी, कोशीपारी, साट्ठीघर भगवती, डाँडापारिका भूकम्पपीडितसँग न पेट भर्ने अन्न छ न, आङ ढाक्ने कपडा । बिहान बेलुका छाक टार्न समस्यामा उनीहरु छटपटाइ रहेका छन ।

सात महिनादेखि पालमुनि बस्दै आएका केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । बढ्दो चिसोले भूकम्पपीडितको जनजीवन थप कष्टकर बन्दा पनि सरकारले भने कुनै पहल गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment