Comments Add Comment

दैनिक ४० लाख गुमाउँदैछ जनक शिक्षाले

Janak-Sikshya१३ मंसिर, काठमाडौं । कहिले कर्मचारी विवाद त कहिले कागज खरिदमा कुरा नमिल्दा जनक शिक्षा सामग्री लिमिटेडले गत साउनयता दैनिक ४० लाख रुपैयाँ गुमाउँदै आएको छ ।

सामुदायिक विद्यालय अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको जनक शिक्षाले चुस्त, दुरुस्त काम गर्न नसक्दा एकातिर दैनिक ४० लाख रुपैयाँभन्दा बढी गुमाइरहेको छ भने अर्कोतिर सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कसरी पाठ्यपुस्तक पुर्‍याउने भन्ने समस्या सिर्जना भएको नागरिक दैनिकमा खबर छ ।

कम्पनी व्यवस्थापनले कहिले कर्मचारी विवाद सल्टाउने र कहिले गुणस्तरीय कागज नपाएको भन्दै पाठ्यपुस्तक छापेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment