Comments Add Comment

नेपालका कन्टेनरको फर्वार्डिङ बन्द

Kolkata१३ मंसिर, काठमाडौं । मधेस आन्दोलन र नाकाबन्दीले कोलकातामा नेपाली कार्गो व्यवस्थापनमा सुरु भएको समस्या नयाँ चरणमा प्रवेश गरेको छ । त्यहाँका कन्टेनर ह्यान्डलिङ एजेन्ट (सीएचए)हरुले नेपाली कार्गोको फर्वार्डिङ (पठाउने काम) रोकेका छन् ।

तेस्रो मुलुकबाट कोलकाता आइपुगेका कन्टेनरको कागजी प्रक्रिया पूरा गरेर सीएचएले फर्वार्डिङ लेटर ढुवानीकर्तालाई दिएपछि त्यहाँबाट नेपाल ल्याउने बाटो खुल्ने गरेको नागरिकमा खबर छ ।

मंगलबारदेखि यो क्रम बन्द छ । सीएचएले नेपाली कार्गो छुटाउँदा यसअघि भुक्तान गरेको र उनीहरुले काम गरेबापतको रकम बक्यौता रहेको भन्दै यो असुल्न र उप्रान्त काम गर्दा लाग्ने खर्च अगि्रम भुक्तानी गर्न दबाब दिएका हुन् । कोलकातामार्फत हुने नेपालको तेस्रो मुलुकसँगको व्यापार दुई हप्ताभित्रै देखिएको यो तेस्रो समस्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment