Comments Add Comment

पोखराबाट २० बन्दकर्ता पक्राउ

Pakrau

१३ मंसिर, पोखरा । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दलाई सफल बनाउन भन्दै हिँडेका २० जना बन्दकर्ता पोखरामा पक्राउ परेका छन् ।

पोखराको पृथ्वीचोकमा बन्द गराउँदै हिंडेका माओवादी कास्कीका सेक्रेटरी पूर्णजित पुन नेतृत्वमा रहेका १६ जनालाई प्रहरीले पृथ्वीचोकबाट पक्राउ गरेको छ भने महेन्द्रपुलबाट ४ जनालाई पक्राउ गरेको माओवादी केन्द्रीय सदस्य तथा गण्डकी ईञ्चार्ज सावित्री दुरा ‘आस्था’ले जानकारी दिईन् ।

पृथ्वीचोकबाट माओवादी कास्कीका सेक्रेटरी पूर्णजित पुन, गिरीधारी अधिकारी, रमेश श्रेष्ठ, सुकबहादुर विक, बिजय अकिारी, केशव भुजेल, कृष्ण सापकोटा, मनिष घिमिरे, विष्णु अधिकारी, चन्द्र विक, सन्तोष परियार, कृष्ण परियार, पूर्णसिंह परियार र पि.वि.राउतलाई पक्राउ गरेको आस्थाले बताईन् ।

त्यस्तै पोखराकै महेन्द्रपुलबाट मिलन राई, अशोक भण्डारी, प्रवल भण्डारी र आसिन गुरुङलाई पक्राउ गरेको उनले जानकारी दिईन् । पक्राउ गरिएका सबैलाई अहिले क्षेत्रीय प्रहरी तालिम केन्द्र पोखरामा राखिएको छ । उनीहरुलाई बन्द खुलेपछि छाडिने प्रहरीले जनाएको छ ।

लेखनाथबाट पनि स्थानीय माओवादी कार्यकर्ता गोकुल पराजुलीलाई शनिबारै पक्राउ गरेको आस्थाले बताईन् ।  बन्द गराउँदै हिंडेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । तर पक्राउ परेका माओवादी कास्कीका सेक्रेटरी पूर्णजित पुनले आफूहरु चोकमा बसिरहेका बेला माथीको आदेश भन्दै पक्राउ गरेको बताए । उनले भारतीय नाकाबन्दीबाट बेखबर राज्यलाई झकझकाउने उद्धेश्यले गरिएको बन्दमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।

यसैबीच, बन्दको प्रभाव पोखरामा विहानैदेखी परेको छ । बन्दकर्ता बिहानै सडकमा निस्किएपछि सवारीसाधन नगन्य मात्रामा मात्रै चलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment