Comments Add Comment

टर्कीमा वकिलको हत्या, हत्याको विरोधमा सयौंको प्रदर्शन

Tahir-Elci-Murder

१३ मंसिर, काठमाडौं । टर्कीका प्रधानमन्धीका कुर्द समर्थक वकील ताहिर अल्सीको गोली हानेर हत्या भएको छ । गोलाबारीको यो तस्वीर त्यसबेलाको हो, वकिल अल्सीलको गोली हानेर हत्या भयो । उनको टाउकोमा गोली लागेको छ ।

गोली लाग्नु अघि उनले बन्दुक, संघर्ष र अपरेरशन आवश्यक नभएको बताइरहेका थिए । दियारबकीर शहरमा अल्सीले शनिबार सुरक्षा बल र कुर्द पृथकतावादीबीच शान्ति कायम गर्न उनी अपील गरेका थिए ।

उनले सम्बोधन गरिरहेका बेला नै पुलिस र अज्ञात बन्दुकधकारीबचि भिडन्त सुरु भएको थियो । घटनामा दुई प्रहरीको मृत्यु भयो ।

प्रधानमन्त्री अहमत दावूतोगलूले आशंका गरकेा छन् कि आक्रमणकारीहरुले अल्सीलाई नै गोली हानेको वा क्रस फायरमा परेका हुनसक्छ ।

उनले आक्रमणकारीलाई पक्राउ गरेर छाड्ने बाचा गरेका छन् । कुर्द समर्थक एचडीपी पार्टीले घटनालाई सुनियोजित हत्या भनेको छ ।

हत्याको विरोधमा इस्तानबूलमा सयौं मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीलाई तीतरवितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment