Comments Add Comment

लामो दुरीका सवारीमा तेल हाल्न छुट्टा-छुट्टै पम्पहरु तोकियो (तालिकासहित)

Petrol Line 7१३ मंसिर, काठमाडौं । नेपाल आयल निगमले लामो दुरीका सवारीका लागि तेल वितरण गर्न पनि छुट्टै पम्पहरु तोकेको छ ।

वितरण प्रणाली व्यवस्थित गर्ने गरी वाणिज्य मन्त्रालयले तयार गरेको तेल वितरण तालिका आयल निगमले सार्वजनिक गरेको हो ।
जसअनुसार अब पुर्व-पश्चिमको लामो दुरीमा चल्ने सवारीले नयाँबसपार्कको पायोनियर, बालाजुको सिटी ट्रेडिङ, बाफलको गणपती र ओमसत्य शाही तथा सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्पबाट तेल हाल्न सक्नेछन् । दिनमा यी मध्ये कुनै तीन पम्पमा तेल उपलब्ध हुनेछन् ।

यसैगरी मध्यम तथा लामो दुरीका सार्वजनिक सवारीका लागि सामाखुसीको तेलेजु भवानी, धुम्बाराहीको एलाइट राजधानी, तिलगंगाको श्रेष्ठ, सिनामंगलको तपस्या र गैरीगाउँको भ्याली पेट्रोल पम्पलाई तेल वितरण गर्ने जिम्मा दिइएको छ ।

यसैगरी पुरानो बसपार्कबाट छुट्ने अरनिको यातायातका सवारीले लोकन्थलीको सिद्धार्थ, बनेपाको पाँच कुमारी र भगवती, ठिमीको बाग्मती र अजिमा, सल्लाघारीको शान्ति पेट्रोल पम्पबाट तेल पाउनेछन् ।

हेटौंडा जाने टाटासुमोले कलंकीको सीता, बल्खुको दक्षिणकाली र कीर्तिपुरको रसकटर पम्पमा तेल हाल्न पाउनेछन् । दिनमा यी मध्ये एउटा पम्पले माात्रै तेल वितरण गर्नेछ ।

यसैगरी पर्यटक बोक्ने सवारीका लागि पनि छुट्टै पम्पहरु निर्धारण गरिएका छन् । सशस्त्र प्रहरीको हल्चोक, खुसिबुको नेवा ट्रेड, सोह्रखुट्टेको जयकुमारी र ठिमीको जयकुमारी पम्पमा पर्यटकबाहक सवारीलाई तेल वितरण हुने आयल निगमले जनाएको छ ।

यस्तै कुटनीतिक नियोग तथा राजदुताबासका सवारी र स्कुल बसहरुलाई सशस्त्र प्रहरीको हल्चोक, नेपाल प्रहरीको नक्साल, बसुन्धराको महालक्ष्मी, लगनखेलको शक्तिदेवी, सानेपाको इन्द्रायणी र ठिमीको गुहेश्वरी पम्पबाट तेल उपलब्ध गराइने भएको छ ।

अत्यावश्यक खाद्यबस्तु, दूध, पानी र तरकारी ढुवानीका सवारीका लागि सानेपाको इन्द्रायणी, ठिमीको गुहेश्वरी, टेकुको नेशनल ट्रोडिङलाई तोकिएको छ भने औषधि ढुवानी, एम्बुलेन्स, दमकल र फोहोरमैलाका गाडीका लागि प्रहरीको नक्साल, स्वयम्भुको साझा र बसुन्धराको महालक्ष्मी पम्पबाट तेल हाल्न पाउनेछन् ।

स्थानीय रुटका सवारीले पायक पर्ने पम्पहरुबाट तेल हाल्न सकिने व्यवस्था गरिएको आयल निगमले जानकारी दिएको छ ।
यस्तै सरकारी र प्रेसका सवारीले सरकारी पम्पहरुबाट तेल उपलब्ध गराइने भएको छ ।

कहाँ पाइन्छ तेल ? (तालिका ठूलो बनाएर हेर्न तस्वीरमा दुर्इपटक क्लिक गर्नुहोस्)

tel varne talika
आयल निगमले आइतबार तेल उपलब्ध गराउने पम्पहरुको सूची 

tel bitaran talika 08-13

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment