Comments Add Comment

नेपालीको भूमी भारतको भन्ने सुन्दरीले माफी मागिन्

miss-earth-india-2015
भारतले नेपालमा अघोषित नाकाबन्दी गरेर नेपालीलाई सताई रहेको वेला ‘मिस अर्थ’मा सहभागीता जनाएकी भारतीय सुन्दरी आइतल खोसलाले आफ्नो परिचयात्मक भिडियोमा नेपालको भूभागलाई भारतको भनेर दाबी गरिन् ।

जब भिडियो सार्वजनिक भयो, त्यसपछि मात्रै ती सुन्दरीले थाह पाईन् भारतको भनेर राखिएको सुन्दर भू-भाग नेपालको रहेछ ।

भिडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा आफ्नो आलोचना भएपछि खोसलालले नेपालीसँग माफी मागेकी छिन् ।

आफ्नो इन्स्ट्राग्राममार्फत उनले भनेकी छिन्-‘प्रिय नेपाल, मेरो असावधानीले तपाईहरुको भावनामा चोट पुगेको छ । मैले तपाईहरुको भूभागलाई मेरो भिडियोमा प्रस्तुत गरेकोमा माफी चाहन्छु ।’

भिडियो प्रस्तुत भएपछि आफ्नो आलोचना भएको बुझेकी यी सुन्दरीले क्षमा माग्दै भनेकि छिन् ‘हामी प्रिय हौं र रहने छौं ।’

उनले ‘मिस अर्थ’मा प्रस्तुत गरेको २ मिनेट १३ सेकेण्ड लामो भिडियोमा नेपालको सगरमाथादेखि विभिन्न भूभाग देखाउँदै भारतलाई हिमालयको देश भनेकी थिईन् । यतिसम्मकी उनको भिडियोमा काठमाडौमो दृष्य थियो भने नेपाली नम्बर प्लेटका गाडीहरु प्रशस्तै देखिन्थ्यो ।

अष्ट्रियामा नोभेम्बर १९ देखि सुरु भएको ‘मिस अर्थ’को फाईनल डिसेम्बर ५ मा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment