Comments Add Comment

छोटेलालमाथि सुन्धारामा यसरी भयो ‘इन्काउन्टर’ (फोटो फिचर)

 

Chotelal-Thakur१३ मंसिर, काठमाडौं । नेपाल प्रहरीबाट एसएलआर र एउटा पेस्तोल लिएर भागेका छोटेलाल ठाकुर तराई मधेसमा विभिन्न अपराध कर्ममा लागेका थिए । हतियार लिएर भागेको ५ वर्षपछि छोटेलाल आइतबार सुन्धारामा प्रहरीको इन्काउन्टरमा परी घाइते अवस्थामा पक्राउ परेका छन् ।

नेपालका साथै भारतमा समेत अपराधमा संलग्न उनी काठमाडौं छिटेको सूचना आएपछि शनिबार विहानै प्रहरी इन्काउन्टर गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोली सुन्धारास्थित लुम्बिनी पाहुना घरमा उनी कोठामा भेटिए ।

प्रहरी आएको थाहा पाएपछि उनले सिरानीमुनि राखेको हतियार निकाल्न खोजे । तर, पत्रिकाले बेरेर राखेको पेस्तोल सोझ्याउन नपाउँदै प्रहरीले गोली हान्यो ।

भिडियो हेर्नुहोस्

 

छोटेलालको दुबै घुँडामा गोली लागेको छ । वीर अस्पतालमा उनकेा उपचार भइरहेको छ ।

पूर्वप्रहरी रहेका छोटेलाल ०६७ सालमा एउटा एसएलआर र पेस्तोल लिएर भागेका थिए । आइतबार प्रहरीले पेस्तोल उनको साथबाट बराकद गरे पनि एसएलआर राइफल भने अझैसम्म फेला परेको छैन ।

छोटेलालका साथमा अर्का एक व्यक्तिसमेत पक्राउ परेका छन् । तर, आपराधिक कर्ममा उनको संलग्नता रहे, नरहेको अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बतायो ।

प्रहरी कारवाहीका केही तस्वीरChhotelal (7)

Chhotelal (1)

Chhotelal (3)

Chhotelal (4)

Chhotelal (5)

Chhotelal (6)

Chhotelal (8)

Chhotelal (9)

Chhotelal (10)

Chhotelal (13)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment