Comments Add Comment

‘कालो पोथी’ लिएर वेनिशा जापानामा

benisha-in-japan
नायिका वेनिशा हमाल अहिले जापानमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘कालो पोथी’ जापानमा एक साता चलेको ‘टोकियो फिल्म फेस्टिबल’मा प्रदर्शन गरिएको थियो ।

विभिन्न देशका ३० वटा चलचित्रले यो महोत्सवमा सहभागीता जनाएका थिए । जसमध्ये ९ वटा चलचित्र प्रतिस्पर्धामा थिए । जसमध्ये नेपालबाट ‘कालो पोथी’ले पनि प्रतिनिधित्व गरेको थियो । निर्देशक मिनबहादुर बम, निर्माता देवकी राई, अनुप थापा र वेनिशा महोत्सवमा सहभागी हुन जापान पुगेका हुन् ।

यो महोत्सवमा नेपालबाट प्रतिनिधित्व गरेको चलचित्र ‘कालो पोथी’ले भने कुनै पनि अवार्ड जित्न नसकेको वेनिशाले जानकारी गराएकी छिन् । चलचित्र प्रदर्शन गरेपछि कलाकार र निर्माण टोलीले दर्शकसँग अन्तरक्रिया पनि गरेका थिए ।

२२ नोभेम्बरबाट सुरु भएको महोत्सव २८ नोभेम्बरमा सकिएको छ । नायिका वेनिशा हमालले दर्शकले चलचित्र हेरेर सकारात्मक प्रतिक्रिया दिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment