Comments Add Comment

कतारमा नेपालीले हेरे ‘सुनकली’

Sunakali

घनश्याम पराजुली (कृष्ण)

दोहा । कतारमा गत २६ नोभेम्बरदेखि जारी अल जजिरा अन्तराष्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिबलमा अन्तराष्ट्रिय डकुमेन्ट्रीको उपाधी पाइसकेको नेपाली वृतचित्र ‘सुनकली’ प्रदर्शन गरिएको छ । गत विहिबार पर्ल कतारको द रिट्ज कार्लटन होटलमा कतारमा बस्दै आएका नेपालीहरुले समेत उक्त डकुमेन्ट्री हेरेका छन् ।

पत्रकार भोजराज भाटको निर्देशनमा बनेको डकुमेन्ट्री ‘सुनकली’ नेपालको दुर्गम जिल्ला मुगुकी एउटी किशोरीको कथामा आधारित छ । मुगु जस्तो विकट ठाउँबाट फुटबल खेल्नका लागि गरेको सघर्षलाई उक्त डकुमेन्ट्री ‘सुनकली’ मा समेटिएको छ । मुगुमा सुनकलीलाई फुटबलर मेस्सी बराबर मान्दछन् ।

Sunkali

मुगुको चौरबाट फुटबल सुरु गरेकी सुनकलीले कैलालीमा भएको राष्ट्रिय फुटबल खेलमा सहभागी भई विजयी भएपछि मुगुवासीहरुको शिर गर्वले ठाडो भयो । खेल जितेर फर्केका खेलाडीलाई मुगुको विमानस्थलमा नै भव्य सम्मान गरियो । विमानस्थलबाट घरसम्म पुग्नका लागि घोडाको व्यवस्था गरियो । घोडा चढ्नु मुगुबासीको लागि सानो कुरा थिएन । गाउँलेले सम्मान गरे । सेनाले सम्मान गरे । गाउँ-गाउँमा सुनकलीको नारा घन्किन थाल्यो ।

गत बिहीबार बेलुका ९ बजे प्रदर्शन गरिएको ‘सुनकली’लाई हेर्न नेपालीहरुको घुइँचो लागेको थियो । निर्देशक भाटसँगै बसेर नेपालीहरुले सुनकली हेरेका थिए ।

२९ नोभेम्बरसम्म चल्ने अल जजिरा अन्तराष्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिबलमा ५० देशका १ सय ४७ फिल्म दर्शकहरुले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment