Comments Add Comment

सरकारी अधिकारीलाई अख्तियारको चेतावनीः सके काम गर्नुस्, नसके पद छाड्नुस्

Krishna-hari-Puskar

१३ मंसिर, काठमाडौं । ‘यो फाइनल वार्निङ हो, सक्नुहुन्छ काम गर्नुस्, सक्नुहुन्न पद छाड्नुस्’ । कालोबजारी नियन्त्रणबारे छलफल गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा उपस्थित उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु र सम्बिन्धत मन्त्रालयका सरकारी अधिकारीलाई आयोगका प्रवक्ता सहसचिव कृष्णहरि पुस्करले यस्तै चेतावनी दिए ।

छलफलमा सीडीओ र प्रहरी प्रमुखले अनुगमन भइरहेको र कालोबजारी नियन्त्रण गर्न आफूहरु सक्रिय रहेको बताए । तर, अख्तियार सहसचिव समेत रहेका प्रवक्ता पुस्करले सरकारी अधिकारीहरुलाई दावी अस्वीकार गर्दै आफूलाईर् प्रगति विवरण नदेखाउन आग्रह गरे ।
‘ब्लाकमा ३०० तिर्ने हो भने अहिले घरमै तेल आइपुग्छ । तर, जनताले तीन दिन भोकभोक्कै लाइनमा बस्दा पनि तेल पाएको छैन’ कडा रुपमा प्रस्तुत भएका पुस्करले भने ।

अहिलेको अनुगमन चित्तबुझ्दो नभएको भन्दै अख्तियारका प्रवक्ता पुस्करले भने-‘आजैदेखि बेथिति रोक्न लाग्नोस्, सक्नुहुन्न भने कारवाही भोग्न तयार हुनोस् ।’

भिडियो

कार्यक्रममा सहभागी सरकारी अधिकारीहरुले सरकारी निकायवीच समन्वय हुन नसकेको र सूचनाको अभाव भएका बताएका थिए । तर, प्रवक्ताले सुचना कुरेर नबस्न र आफैं सक्रिय हुन आग्रह गरे ।  साथै उनले कालोबजारी कसरी भइरहेको छ भन्ने हेर्न कलंकी, नयाँबसपार्क लगायतका क्षेत्रमा एक घण्टा उभिएर हेर्न अधिकारीहरुलाई सुझाए ।

अख्तियारले तत्काल प्रभावकारी अनुगमन सुरु नगरे कारबाही थाल्ने समेत चेतावनी दिएको छ । जनताले अनुभूति हुने गरी कालोबजारी नियन्त्रण गर्न निर्देशन दिँदै प्रवक्ता पुस्करले भने-होइन भने भोलिबाट कारबाही भोग्न भौतिक र मानसिक रुपमा तयार हुनुस् ।’

सर्वसाधरणलाई १० लिटर बोक्दा पनि समात्ने प्रहरी आफ्ना भए १०० सय लिटर बोकपनि छोड्न्े गरेको सूचना आएको उनले बताए । अख्तियार प्रवक्ताले भने-‘जय नेपाल गर्नेले मान्छेले ट्यांकी फूल पाउने, सर्वसाधारण ३ दिन भोक र निन्द्रा लाइमा बस्दा पनि नपाउने, किन ?’

अख्तियार प्रवक्ताले आफ्नो पहलमा कालोबजारीमा संलग्न नेपाल प्रहरीका एसपी नै कारबाहीमा परेको दाबी गरे । उनले यसो भन्दा काठमाडौं, भक्तपुर र ललितपुरका प्रहरी प्रमुख को हो ? भन्दै मुखामुख गरे ।

सम्वाददाताहरुले कारबाहीमा परेका एसपी को हुन् भन्नेर सोध्दा प्रहरी अधिकारीहरुले थाहा नभएको बताए ।

केही समय अघि प्रहरीको गाडीमा पेट्रोल तस्करी भएको समाचार प्रकाशित भएपछि प्रहरी हेडक्पवाटरले छानविन गरेको थियो । जसमा संगीत महाविद्यालयका प्रमुखले निजी प्रयोजनका लागि ल्याएको पेट्रोल आसर्न प्रहरीको गाडी प्रयोग भएको पाइएको थियो । तर, अख्तियारले भने यो कारबाही आफ्नो निर्देशनका आधारमा भएको भन्दै जस लिन खोजेको छ ।

यो पनि पढ्नुहोस्

निजी प्रयोजनका लागि ५० लीटरमात्रै तेल ल्याउन पाइने
अख्तियारमा छलफल : किन पाइँदैन काठमाडौंमा ग्यास ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment