Comments Add Comment

निखिल-सौगातसँग अशिष्मा र मलिनाको जोडी, बन्ने भो ‘संरक्षण’

Nikhil saugat ashisma and malina
नायकद्धय निखिल उप्रेती र सौगात मल्ललाई पर्दामा हेर्ने दर्शक अलग छन् । सौगात मल्टिप्लेक्समा चल्छन् भने निखिल सिंगल स्त्रिmनका हलमा हाबी छन् । यस्तै, नायिकाको हकमा पनि अशिष्मा नकर्मी र मलिना जोशीको कुरा उस्तै छ । अशिष्मालाई सिंगल स्त्रिmनका दर्शकले पछिल्लो समयमा रुचाएका छन् भने मलिनाको चलचित्र व्यापार सामान्य छ । यी ४ कलाकार एकसाथ पर्दामा आए भने के होला ?

निर्माता प्रदिपकुमार उदयले यी ४ कलाकारलाई एकसाथ एक्सन थि्रलर चलचित्रमा उतार्ने भएका छन् । माघको दोश्रो साताबाट छायांकनमा सुरु हुने चलचित्र ‘संरक्षण’मा यी ४ कलाकार एकसाथ देखिन लागेका छन् । यो चलचित्रले राजनीतिक कथालाई उठान गर्नेछ ।

यो चलचित्रलाई पुर्नेन्द्र झाले निर्देशन गर्ने भएका छन् । पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन, निमेष श्रेष्ठको सम्पादन रहने यो चलचित्रलाई प्रदिपका साथमा नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव, पुर्नेन्द्र झाले निर्माण गर्न लागेका हुन् ।

चलचित्रमा रमेश रञ्जन र प्रमोद अग्रहरी पनि मुख्य कलारकाको रुपमा अनुवन्धित भएका छन् । सत्तामा पुगेपछि देखिने शक्तिदेखि समाजमा हुने विभिन्न अपराधका घटनालाई चलचित्रको पर्दामा उतारिने निर्माता उदयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment