Comments Add Comment

निजी प्रयोजनका लागि ५० लीटरमात्रै तेल ल्याउन पाइने

belahiya ma mini petrol pump-

१३ मंसिर, काठमाडौं । के तपाई उपत्यका बाहिरबाट आफ्नै पहलमा डिजेल वा पेट्रोल राजधानी भित्र्याउँदै हुनुहुन्छ ? विचार पुर्‍याउनुहोस्, तपाईले ५० लीटरभन्दा बढी ल्याउनुभयो भने प्रहरीले समात्न सक्छ ।

उपत्यकामा निजी प्रयोजनका लागि बाहिरबाट इन्धन ल्याउन चाहनेले ५० लिटरमात्रै ल्याउन पाउने काठकाडौंका प्रहरी प्रमुख विक्रमसिंह थापाले बताएका छन् । ५० लीटरभन्दा बढी ल्याउनेलाई समातिने उनले बताए ।

बाहिरी जिल्लाबाट उपत्यकामा त्यसरी तेल ल्याउँदा तेल धनीसमेत साथमै हुनुपर्ने अन्यथा त्यस्तो तेल नियन्त्रणमा लिइने प्रहरी प्रमुख थापाले स्पष्ट पारेका छन् ।

विभिन्न नाइट बस आदिमा उपत्यकामा भित्रिइरहेको इन्धनबारे सरकारी नीति प्रष्ट्याउने क्रममा प्रहरी प्रमुख थापाले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यस्तो बताएका हुन् ।

त्यसरी ल्याइएको तेल विक्री गरेको पाइएमा कारवाही हुने थापाले स्पष्ट पारे ।

निजी प्रयोजनका लागि ल्याइएको तेल कसैलाई बेचिएको अवस्थामा मात्रै कारवाही गरिने अन्यथा, व्यक्तिगत रुपमा प्रयोग गर्दा कारवाही गर्न नसकिने ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्

अख्तियारमा छलफल : किन पाइँदैन काठमाडौंमा ग्यास ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment