Comments Add Comment

कलर्स स्मार्टफोन अब नयाँ मूल्यमा

१३ मंसिर, काठमाडौं । कलर्स मोबाइलले पर्ल ब्ल्याक सिरिजका दुईवटा स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले पर्ल ब्ल्याक के २० ड्रोइड र पर्ल ब्ल्याक के १५ रकको मूल्य घटाएको हो ।

Colors price dropमूल्य घटाएपछि १५ हजार २ सय ६० रुपैयाँ पर्ने के २० मोडलको १२ हजार १ सय ५ रुपैयाँ पर्नेछ भने १४ हजार २ सय ५ रुपैयाँ पर्ने के १५ मोडलको १२ हजार ६ सय ३० रुपैयाँ पर्ने छ ।

के २० ड्रोइडमा ४ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ भने के १५ स्टाइलिस रहेको छ ।

यसैगरी, एक्स फ्याक्टर सिरिजका ३ मोडलहरु एक्स फ्याक्टर एक्स ११७ मेगा क्वाड, एक्स ११६ पावर र एक्स १८ हिरो पनि अब आकर्षक मूल्यमा उपलब्ध हुने भएको छ । कम्पनीले तीनवटा मोडलको मूल्य क्रमशः ७ हजार ८ सय ९० रुपैयाँ, ६ हजार ३ सय १० रुपैयाँ र ४ हजार २ सय ५५ रुपैयाँ रहेको छ ।

कलर्स पर्ल ब्ल्याक के २० ड्रोइडमा ५ इञ्चको एचडी डिस्प्ले, ८ मेगापिक्सेल ब्याक क्यामेरा, २ मेगापिक्सेल फ्रन्ट क्यामेरा, ४००० एमएएच ब्याट्री, ८ जिबी रोम, १ जिबी र्‍याम, १.४ गिगाहर्ज ओक्टा कोर प्रोसेसर, एण्ड्रोइड ओएस ४.४ जस्ता विशेषता रहेका छन् ।

पर्ल ब्ल्याक के १५ रकमा पनि २२५० एमएएच ब्याट्रीका साथ ५ इञ्चको एचडी आइपीएस डिस्प्ले,१३ मेगा पिक्सल ब्याक क्यामेरा, २ मेगापिक्सेल फ्रन्ट क्यामेरा, ८ जिबी रोम र १ जिबी र्‍याम, १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर, एन्ड्रोइड ओएस ४.४ जस्ता विशेषता रहेका छन् ।

दबै स्मार्टफोनमा फ्रि लेदर खोल उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कलर्स एक्स फ्याक्टर मेगा क्वाडमा ५ इन्च एफडब्लुभिजिए डिस्प्ले, ५ मेगा पिक्सेल ब्याक कम्यामेरा, २ मेगापिक्सेल फ्रन्ट क्यामेरा, २१०० एमएएच ब्याट्री, १ जिबी र्‍याम र ८ जिबी रोम, १.२ गिगाहर्ज क्वाड कोर प्रोसेसर र एण्ड्रोइड ओएस ४.४, ललिपपमा परिवर्तन गर्न सकिने गुणहरु रहेका छन् ।

एक्स ११६ पावर पनि ४ इन्च एफडब्लुभिजिए डिस्प्ले, ५ मेगा पिक्सेल ब्याक क्यामेरा, १.३ मेगा पिक्सेल फ्रन्ट क्यामेरा, ३००० एमएएच ब्याट्री, १.३ गेगाहर्ज क्वाड कोर प्रोसेसर, एण्ड्रोइड ओएस ४.४ तथा १ जिबी र्‍याम र ४ जिबी रोम सहित उपलब्ध छ ।

एक्स १८ हिरोमा ३.५ इन्च एचभिजिए डिस्प्ले, २ मेगा पिक्ससल ब्याक क्यामेरा, ११०० एमएएच ब्याट्री, १ गिगाहर्ज प्रोसेसर र एण्ड्रोइड ओएस २.३ लगायतका विशेषताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment