Comments Add Comment

केरुङबाट इन्धन आपूर्ति गर्न विकास समितिको सुझाव

Rabindra-Adhikari

  • सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाउँदै विकास समिति सभापति रविन्द्र अधिकारी । तस्वीर : अधिकारीको ट्वीटर

१३ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले केही कठिनाइका बाबजुद चीनको केरुङ नाकाबाट इन्धन लगायत अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्न सकिने निश्कर्ष निकालेको छ ।

समितिका सदस्यहरु, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग लगायतका पदाधिकारी, स्थानीय कर्मचारी, पत्रकार र सचिवालयका कर्मचारीसहितको टोली स्थलगत अनुगमनमा संलग्न थियो ।

समितिको एक टोलीले नाकाको स्थलगत अनुगमनपछि बनाएको प्रतिवेदनमा केरुङ-रसुवागढी सडक खण्डको सुदृढीकरण गर्न सरकारलाई सुझाव दिएको छ ।

अनुगमन प्रतिवेदन समितिका सभापति रवीन्द्र अधिकारीले आइतबार सभामुख ओनसरी घर्तीमगरलाई हस्तान्तरण गरे ।

प्रतिवेदनले भविश्यमा यस सडकले उत्तर र दक्षिणका मित्रराष्ट्रहरुबीच ट्रान्जिटको कामसमेत गर्न सक्ने ठहरसमेत गरेको छ । ‘यस सडक खण्डमा केही अप्ठ्याराहरू भएता पनि मर्मत-सम्भार कार्य तुरून्त प्रारम्भ गरी इन्धनलगायत अत्यावश्यक वस्तुहरूको सहज आयात गर्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

रसुवागढी नाकाको सडक हाल एक लेनमा सञ्चालित रहेको र केही ठाउँमा बारम्बार पहिरो गइरहने हुँदा सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको सभापति अधिकारी बताए ।

तत्काल यसलाई प्रत्येक १०० देखि १५० मिटर दूरीमा ‘पासिङ जोन’ राखी सञ्चालन गर्ने र प्रस्तावित वेत्रावती-मैलुङ-स्याब्रुबेसी-रसुवागढी सडक ‘डबल लेन’को निर्माण आरम्भ गर्नुपर्ने उनको भनाइ छ ।

दु्रतमार्गबाट परामर्शदाता छनोट गरी डिजाइन गरेर तत्काल दुई लेनको कालोपत्रे सडक निर्माण सुरु गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment