Comments Add Comment

२१ अंकले घट्यो नेप्से, ३२ करोडको कारोबार

nepse१३ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.२४ अंकले घटेको छ । समुहगत सबै उप-सूचकहरु घटेपछि नेप्से उच्च अंकले घटेको हो । नेप्से परिसूचक १०२२.७७ अंकमा झरेको छ ।

यो दिन १ सय ६ कम्पनीका ५ लाख ४२ हजार कित्ता सेयर ३२ करोड १७ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबारको कारोबारमा सबैभन्दा बढी बीमा समूहको ९९.६७ अंकले घटेको छ । त्यसैगरी, वाणिज्य बैंक समूहको २५.६९, होटल समूहको ३३.३७, जलविद्युत समुहको २८.७१, विकास बैंक समूहको १४.७३, विक्त कम्पनी समूहको १ र अन्य समूहको सूचक १.१८ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment