Comments Add Comment

आफ्नो विमानस्थल र बन्दरगाह प्रयोग गर्न नेपाललार्इ बंगलादेशी प्रधानमन्त्रीको प्रस्ताव

Prime-Minister-Sheikh-Hasina-and-Nepalese-Ambassador-Hari-Kumar-Shrestha

१३ मंसिर, काठमाडौं । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपाललाई आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न नेपालसित प्रस्ताव गरेकी छिन् ।

भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको समस्या भोगिरहेको नेपालसामू बंगलादेशले आफ्नो विमानस्थल र बन्दरगाह प्रयोग गर्न प्रस्ताव गरेको हो ।

नेपाली राजदूत हरिकुमार श्रेष्ठले आइतबार प्रधामन्त्री सेख हसिनासँग विदाइ भेट गरेका थिए । भेटमा राजदूतले नेपाली राष्टपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको सन्देश समेत प्रधानमन्त्रीलाई दिएका छन् । ्

बंगलादेशकी प्रधानमन्त्रीले नेपालको नयाँ सरकारको स्वागत गरेको उनकी प्रेस सेक्रेटरी इन्सानुल करिमले बताएकी छन् । ढाकास्थित प्रधानमन्त्री निवासमा भएको भेटमा हसिनाले नेपाली जनताले भोग्नुपरेको समस्यामा सहयोग गर्न बंगलादेशको सरकार तयार रहेको बताएकी थिइन् ।

उनले संकटबाट नेपाल छिटो बाहिर निस्कने आशा समेत व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment