Comments Add Comment

नम्बर एक स्पिनर नारिनमाथि फेरि प्रतिवन्ध

Sunil-Narine

१३ मंसिर, काठमाडौं । लिमिटेड ओभरका विश्व नम्बर एक स्पिनर सुनिल नारिनमाथि प्रतिवन्ध लागेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले इलिगल बलिङ एक्सनमा वेष्ट इण्डिजका स्पिनर नारिनमाथि प्रतिवन्ध लगाएको हो ।
आईसीसीको पछिल्लो र्‍याङकिङमा उनी वन डे र टी-२० बो नम्बर १ बलर थिए ।

तर, उनको बलिङ एक्सन इलिगल भेटिएपछि नारिनलाई अन्तराष्ट्रिय क्रिकेटमा प्रतिवन्ध लागेको छ । नोभेम्बर ७ मा भएको पाकिस्तानविरुद्धको वन डेमा नारिनको बलिङबारे प्रश्न उठेको थियो ।

इंग्ल्याण्डमा परीक्षण गर्दा पनि बलिङ एक्सन इलिगल पाइएपछि उनीमाथि प्रतिवन्ध लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment