Comments Add Comment

उखुको भुक्तानी नपाएपछि चिनी मिलमा तालाबन्दी

१३ मंसिर, नवलपरासी । प्रतापपुर ५ गंगापुरमा रहेको इन्द्रा सुगर मिलको स्प्रीट बनाउने कारखानामा उखु किसानहरुले तालाबन्दी गरिदिएका छन् ।

झण्डै ६ करोड रकम भुक्तानी नपाएको भन्दै किसानहरु तालाबन्दी गरिदिएका हुन् । उखुको सिजन शुरु भइसक्दा पनि गत बर्षको भुक्तानी नपाएपछि उनीहरुले तालाबन्दी गरिदिएका हुन् ।

किसानहरुले अघिल्लो बर्षको रकम भुक्तानी नपाएसम्म तालाबन्दी जारी राख्ने जनाएका छन् । सरकारले गत बर्षप्रति क्वीन्टल ७१ रुपैयाँ अनुदानसहित ४६१ रुपैयाँ उखुको मूल्य निर्धारण गरेपनि चिनी सञ्चालकले उखुको मूल्य भुक्तानी दिन आनाकानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment