Comments Add Comment

‘वंश विनास गर्छु’ भन्दै नन्दबहादुरले गरे ४ छोरा-छोरीको हत्या

Mugu-Mapकविराज कार्की

१३ मंसिर, गमगढी । मुगुको ह्याङ्लु ७ रिगा गाउँका नन्दबहादुर रोकायाले आफ्ना चार छोरा-छोरीको हत्या गरेको खुलासा भएको छ । यही मंसिर ९ गतेदेखि ९ वर्षीया छोरी सुन्तली, ४ वर्षीया विपना, ६ वर्षीय छोरा युवराज र २ वर्षीय छोरा दिपबहादुर रोकाया वेपत्ता थिए ।

प्रहरी र स्थानीयले खोजी गर्दै जाँदा आइतबार पाँचौ दिन घरभन्दा करिब १ सय मिटर टाढा बारीमा खाल्डो खनेर गाडेको अवस्थामा उनीहरु चारैजनाको शव फेला परेको हो ।

श्रीमती बाँचु रोकाया घाँस काट्न गएकाबेला छोरा-छोरीको हत्या गरी गाडेको नन्दबहादुरले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रमुख लोकबहादुर जिसीका अनुसार नन्दबहादुरले ‘मेरो वंश बिनास गर्छु’ भन्दै छोरा-छोरीको हत्या गरेको साविति वयान प्रहरीलाई दिएका छन् ।

नन्दबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको छ ।

बच्चाहरु हराएको खबर पाउनासथ प्रहरी चौकी सुकाढीक र ईलाका प्रहरी कार्यालय रातापानीका सुरक्षाकर्मी तथा स्थानीय खोजीमा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment