Comments Add Comment

पूर्व जर्नेलहरुले सेनापतिलाई भने-सेना तैनाथीका लागि तयार रहनुपर्छ

Army

१३ मंसिर, काठमाडौं । पूर्वसेनापति एवं अवकासप्राप्त रथीहरुले नेपाली सेनाले देशमा उत्पन्न वर्तमान असहज परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सेनाले आइतबार पूर्व प्रधानसेनापति तथा अवकाश प्राप्त रथीहरुसँग आफूसँग सम्बन्धीत समसामयिक बिषयवस्तुहरुमा अन्तरक्रिया गरेको थियो ।

कार्यक्रममा पूर्व प्रधानसेनापति तथा रथीहरुले तराईमा उत्पन्न भएको समस्या राजनीतिक भएको बताएका छन् । साथै यथाशिघ्र राजनीतिक तवरबाटै समस्याको समाधान हुनेमा आशावादी रहेको धारणा राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेना संविधानसम्मत् विधी र प्रक्रिया पुर्‍याई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाएवं आमजनताको जीउधन सुरक्षाको लागि अवस्था, परिस्थिति र आवश्यकता अनुरुप तैनाथीको लागि तयार रहनु पर्ने पूर्व अधिकारीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment