Comments Add Comment

कालापत्थरमा आर्ट ग्यालरी खोल्न आरोहीको माग

sanjaya

१३ मंसिर, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको कलापत्थरमा आर्ट ग्यालरी स्थापना गरेर विश्व रेकर्ड कायम गर्न पर्वतारोहीले माग गरेका छन् ।

विश्व पर्वतारोही सञ्जय पण्डितको नेतृत्वमा सगरमाथा आरोही छिरिङ शेर्पा, सांस्कृतिक सङ्ग्राहलयका सदस्य बसन्तकुमार कार्कीलगायतको टोलीले आज संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेललाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

अर्जेन्टिनामा अवस्थित दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुवामा निर्माण भएको आर्ट ग्यालरी सर्वोच्च स्थानको ग्यालरीका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ हाल कायम छ । जो ४३०० मिटरको उचाइमा रहेको छ भने नयाँ ‘रेकर्ड’ कायम गर्न प्रस्ताव गरिएको कालापत्थरको उचाइ पाँच हजार ४०० मिटर छ ।

पर्वतारोहीको टोलीले सगरमाथा आरोहण दल तथा आठ हजार मिटरका हिमालमा हरेक वर्ष पाँच प्रतिशत आरोही सम्पर्क अधिकृतका रुपमा पठाइने गरेकामा बढाएर ५० प्रतिशतमा पु¥याउन मन्त्री पोखरेललाई आग्रह गरेका थिए । मन्त्री पोखरेलले पर्वतारोहीका मागप्रति सकारात्मक धारणा दिएको संयोजक पण्डितले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment