Comments Add Comment

इजरायलमा नेपाली चेलीमाथि ‘आतंकवादी आक्रमण’

Ishowari Taplaya

१३ मंसिर, जेरुसेलम । इजरायलको जेरुसेलम शहरमा आइतबार एक नेपाली चेलीमाथि आतंकवादी आक्रमण भएको छ ।

आक्रमणमा परी काठमाण्डौ कोटेश्वर निवासी ३१ बषिर्य इश्वरी थपलिया घाइते भएको जेरुसेलम प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

केयरगिभरको रुपमा काम गर्दै आएकी इश्वरी साप्ताहिक बिदा परेकाले साथीहरु भेट्न जाँदै थिइन् । रुमे भन्ने स्थानको बस स्टेशनमा बस कुरिरहेका बेला आएका एक प्लेस्टाइनी युवकले उनीमाथि पछाडीबाट छुरा प्रहार गरेर भागेका थिए ।

तत्कालै उनलाई एक बस ड्राइभरले उद्दार गरी सरिक सेदेक अस्पताल पुर्‍याएका थिए । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।
‘म हेडफोनमा म्युजिक सुनिरहेकी थिएँ’ कसैले मलाई पछाडिबाट आक्रमण गर्‍यो’ इश्वरीले भनिन- म रगतपच्छे भएँ, उद्दार गर्ने कोही भएन, त्यतिकैमा दौडिएर गाडी ड्राइभर भएको ठाउँमा पुगेँ, त्यहाँ उनले टावेलले रगत पुछिदिए र एम्बुलेन्स बोलाइदिए ।’

नेपाली चेलीमाथि भएको आक्रमणमा संलग्न रहेको आशंकामा १७ वर्षका प्लोस्टाइनी युवक पक्राउ परेका छन् । अन्य दुई प्यालेस्टाइनीलाई पनि प्रहरीले पक्राउ गरेको छ । इजरायल प्रहरीले नेपालीमाथि ‘प्लेस्टाइनी आतंकबादी’ले आक्रमण गरेको बताएको छ ।

‘मलाई कसले आक्रमण गर्‍यो भन्ने थाहा थिएन, पछि समाचारमा आतंकबादीले आक्रमण गरेको भन्ने सुनेँ’ उनले भनिन् । इजरायलमा आठ बर्षदेखि काम गर्दै आइरहेकी इश्वरीले आफु निको भएपछि काममा फर्कने बताएकी छिन् ।

थपलिया मंगलबार जन्मदिन मनाउने तयारीमा थिइन् । आज आइतबार विदा भएकाले उनी जेरुसेलम नजिकैको शरमा जान लगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment