Comments Add Comment

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द

१३ मंसिर, काठमाडौं । असहज परिस्थितिलाई देखाउँदै नेपालका केबुल अपरेटरहरुले सम्पूर्ण भारतीय न्यूज च्यानलहरुको प्रशारण बन्द गरेका छन् । नाकाबन्दी यता भारतीय च्यानलहरुको प्रशारण बन्द भएको यो दोस्रोपटक हो ।

Indian-news-channelविप्लव माओवादीले भारतीय टेलिभिजन च्यानल र हिन्दी फिल्महरुमाथि रोक लगाउने घोषित अभियान सुरु गरेपछि व्यवसायीहरुले च्यानल प्रशारण रोकेका हुन् ।

केबुल व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा भने विप्लव माओवादीको चेतावनीका विषयमा उल्लेख गरिएको छैन ।

नाकाबन्दी सुरु भएलगत्तै केवुल व्यवसायीहरुले स्वतस्फुर्तरुपमा भारतीय च्यानलहरुको प्रशारण रोकेका थिए । त्यतिबेला समाचारमूलक र मनोरञ्जात्मक च्यानलहरु बन्द गरिएका थिए ।

तत्कालीन सञ्चारमन्त्रीको दबावपछि भारतीय च्यानलहरु सुचारु गरिएका थिए ।

यसपालि मनोरञ्जात्मक च्यानलबाहेक समाचार च्यानलहरु मात्रै बन्द गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment