Comments Add Comment

दिल्ली पुगेर ज्ञवालीले भने-हामीलाई भारतको ‘ठूल्दाइ प्रवृत्ति’ अस्वीकार्य छ

pradeep-gyawali

१३ मंसिर, दिल्ली । सरकारको नेतृत्व गरेको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपाललाई भारतको ‘ठूल्दाइ प्रवृत्ति’ अस्वीकार्य रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका एमाले नेता ज्ञवाली भारतीय कम्युनिष्ट पार्टीको निम्तोमा एक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी अहिले नयाँ दिल्ली पुगेका छन् ।

र, उनले भारतसँग सौहार्दपूर्ण सम्वन्ध राख्न चाहेको बताएका छन् । ज्ञवालीले नेपाल भारत सम्वन्धमा देखिएको तनाव अन्त्य गर्न नरेन्द्र मोदी सरकारलाई आग्रह गरेको जीन्यूजले जनाएको छ ।

यदि भारतले विश्व राजनीतिमा भूमिका निभाउने हो भने छिमेकी देशहरुसँग सौहार्दपूर्ण सम्वन्ध राख्नु पर्ने उनले बताए । ज्ञवालीले भने-हामी भारतसँग समानताका आधारमा अघि बढ्न चाहन्छौं । र, चीनको मामिलामा पनि यहि लागू हुन्छ ।’

भारतको ‘ठूल्दाइ प्रवृत्ति’को विरोध गर्नुका अर्थ अन्य कुनै देशलाई यस्तै व्यवहारका लागि आमन्त्रण गर्नु नभएको समते एमाले सचिव ज्ञवालीले बताए ।

ज्ञवालीले भारत सरकारले आफ्नो स्थितिको समिक्षा गरेर समस्या समाधान गर्नु पर्ने बताए ।

नेपाल र चीनको राम्रो सम्वन्ध रहेको र चीनले नेपालको राजनीतिक परिर्वतनमा कहिल्यै हस्तक्षेप नगरेको उनले बताए । एमाले सचिव ज्ञवालीले भने-भूकम्पको बेला होस् वा नाकाबन्दीका क्रममा, उस-चीन)को सहायता केबल मित्रताको कारण हो । उसमा कुनै राजनीतिक स्वार्थ छैन ।’

उनले नेपालको आर्थिक व्यवहार चीनसँग हुन नसक्ने भन्दै उनले भने-हाम्रो नदी भारतर्फ बहन्छ । यदि हामीले विजुली उत्पाद गर्‍यौं भने भारत एकमात्र बजार हो । यो भारत सरकारले किन देखेन, हामीले बुझेका छैनौं ।’

नेपालमा मधेस केन्द्रीत दलहरुको केही असन्तुष्टि रहेको र त्यसलाई समाधन गरिने उनले बताए । उनले भने-भारतले आन्दोलनलाई नाकाबन्दीको एक बहाना बनाएको छ । यो निकै अप्रत्याशीत छ र हामी आश्चर्यमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment