Comments Add Comment

दुनियाका अनौठा कर नियमः बच्चाको न्वारान देखि पाइखाना सम्म

all thing

कर अर्थात् सरकारलाई तिर्न करै लाग्ने रकम । कर तिर्न मन नलागोस् त के भो आखिर तिर्न करै लाग्छ । विश्वमा कर असूली सबैभन्दा विवादको विषय बन्ने गर्दछ । दुनियाका विभिन्न देशमा विभिन्न खालका कर असूली सम्बन्धी नियम कानून रहेका छन् । कतिपय नियम त निकै अनौठा तथा पत्याउने नसकिने खालका पनि छन् ।

मध्यकालीन युरोपमा साबुनको प्रयोग गर्दा पनि कर तिर्नुपथ्र्यो । त्यस्तै रोमन सम्राट भेस्पासियनले पिसाब गर्दा समेत कर तिर्नुपर्ने नियम लादेका थिए, ता की शौचालयको राम्रोसँग सफाइ हुन सकोस् ।

सन् १६६० मा बेलायतमा आगो बाल्ने ठाउँका लागि समेत कर तिर्नुपथ्र्यो ।

प्राचीन रोममा दासहरुको मुक्तिका लागि उनीहरुले कर तिर्नुपथ्र्यो । बेलायतका राजा हेनरी प्रथमले कायर मानिसहरुमाथि समेत कर लगाएका थिए । अर्थात् जो डराउँथ्यो, उसले कर तिर्नुपथ्र्यो ।आवश्यक पर्दाका बखत सबै देशवासीहरु हतियार उठाएर लड्न तयार होउन् भन्ने उनको मनसुवा थियो ।

अमेरिकाको न्युयोर्कमा तयारी खाना खाँदा पनि कर तिर्नुपर्ने नियम थियो । रुसको पिट्सबर्गमा चिसो तथा बरफको आनन्द लिने मानिसमाथि ५ प्रतिशत मनोरन्जन कर लगाइएको थियो । त्यस्तै अमेरिकाको शिकागोमा चकलेट खाँदा ६ प्रतिशत सम्म कर तिर्नुपथ्र्यो ।

डेनमार्कमा गाइको प्रजनन गराउँदा ११० डलर कर तिर्नुपर्ने नियम थियो कुनैबेला । गाइको संख्या बढि भएर प्रदुषण फैलिएपछि यस्तो नियम लगाइएको थियो ।

अझ अनौठो कुरा त के भने स्विडेनमा आफ्ना बच्चाबच्चीको नामाकरण गर्नका लागि समेत आमाबाउले राष्ट्रिय कर विभागबाट अनुमति लिनुपथ्र्यो र त्यसक्रममा केही कर तिर्नुपथ्र्यो । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment