Comments Add Comment

अनौठो क्याफेः जहाँ मोटा महिलाले मात्र जागिर पाउँछन्

cafeअहिले स्लिमको जमाना छ । युवतीहरु सुडौल तथा स्लिम जिउडाल बनाउन मरिहत्ते गर्छन् ।

जिउ राम्रो र आकर्षक भएमा राम्रो प्राइभेट कम्पनीहरुमा जागिर खान सजिलो हुन्छ भन्ने विश्वास पनि कतिपयमा हुन्छ, भलै सबै हकमा त्यो लागु नहुन पनि सक्छ । राम्रो जिउडालका कर्मचारीहरु भर्ती गर्ने चाहना सबै कार्यालयको हुनु स्वभाविकै हो ।

तर जापानको एक कम्पनीले भने पातलो जिउ भएका केटीहरुलाई जागिर नै दिँदैन र केवल मोटो जिउधारी केटीहरुले मात्र त्यहाँ जागिर पाउन सक्छन् ।

जापानको अकिहाबारामा एउटा यस्तो क्याफे छ, जु आफ्ना मोटा महिला कर्मचारीका कारण चर्चामा छ । जिउ निकै मोटो भएका महिलाहरुले मात्र सांगि्रला नामक यो क्याफेमा नोकरी पाउँछन् ।

केवल मोटा महिलालाई मात्र जागिर दिएर के गर्न खोजेका होलान् त्यो क्याफेका मालिकले ? यसको कारण छ । मोटा महिलालाई जागिर दिएर मोटोपना भएका महिला प्रतिको धारणा बदल्न चाहेको क्याफेका मालिक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment