Comments Add Comment

दिमाग तेजिलो बनाउनुछ ? ८ घण्टा मज्जाले सुत्नुस्

sleepingजो मानिस नयाँ कुरा थाहा पाएसँगै वा सम्झिएसँगै ८ घण्टासम्म पर्याप्त सुत्दछन् उनीहरुले उक्त नयाँ कुरालाई धेरै समयसम्म स्मरण गर्न सक्छन् । यसका साथै उनीहरुको स्मरण शक्ति पनि राम्रो हुन्छ ।

रातको गहिरो तथा पर्याप्त निद्राले सरीरमा विभिन्न खाले लाभ प्रदान गर्दछ । यसले सरीरको उर्जाको मात्रालाई बढाउनुका साथै मूडलाई पनि फ्रेस बनाउँदछ । साथै यसले मुटु स्वस्थ राख्नुका साथै, मस्तिष्क तथा वजनलाई समेत सन्तुलित बनाउँदछ ।

अमेरिकाको बि्रघम एण्ड वुमन्स हस्पिटलका स्नायु वैज्ञानिक जेन एफ डफी सहितका शोधकर्ताहरुको टोलीले ८ घण्टाको निद्राले व्यक्तिको स्मरण शक्तिलाई तेजिलो बनाउन सहयोग गर्ने तथ्य पत्ता लगाएको हो । शोधकर्ताका अनुसार पर्याप्त निद्रा लिने व्यक्तिको स्मरण शक्ति बढि हुनुका साथै त्यस्ता व्यक्तिको आत्मविश्वास पनि बढि हुन्छ ।

शोधकर्ताहरुले अस्पतालको नियन्त्रिण वातावरणमा मानिसहरुमा परीक्षण गरेका थिए । उनीहरुलाई वयस्क मानिसका अनुहारवाला ६ सयवटा रंगीन चित्र देखाइएको थियो र त्यसमध्ये २० अनुहारलाई नाम सहित सम्झिनका लागि भनिएका थियो । त्यसको १२ घण्टापछि उनै चित्रहरुलाई सही तथा गलत नामका साथ देखाइयो । त्यसपछि उनीहरुलाई ८ घण्टासम्म सुत्न भनियो । ८ घण्टाको निद्रापछि सहभागीहरुलाई पूर्ववत रुपमा अनुहार चित्रको पहिचान गर्न लगाउँदा पहिले भन्दा १२ प्रतिशत बढि सही पहिचान गर्न सके ।

यो शोधबाट पत्ता लागे अनुसार नयाँ कुराहरु याद गरेपछि पर्याप्त निद्रा लिइएमा त्यसको स्मरणमा निकै सुधार आउँदछ । नयाँ जानकारीको स्मरणका लागि पर्याप्त निद्रा अत्यावश्यक रहेको शोधकर्ता बताउँछन्। व्यस्तताका कारण अक्सर मानिसहरु राम्रोसँग सुत्न नपाउने र सोही कारण उनीहरुमा स्मरण सम्बन्धी विभिन्न समस्याहरु पैदा हुने गरेको पाइएको शोधकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment