Comments Add Comment

आइतबारका टप १० समाचारः भारतीय सुरक्षाकर्मी पक्राउदेखि अख्तियारको चेतावनीसम्म

आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. हतियारसहित आएका १३ भारतीय सुरक्षाकर्मी ७ घन्टा नेपालको नियन्त्रणमा

हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का १३ जवान झापाको केचनबाट पक्राउ परेका छन् । उनीहरू झण्डै ७ घन्टापछि छुटेर भारत फर्किएका छन् ।

२. सरकारी अधिकारीलाई अख्तियारको चेतावनीः सके काम गर्नुस्, नसके पद छाड्नुस्

छलफलमा सीडीओ र प्रहरी प्रमुखले अनुगमन भइरहेको र कालोबजारी नियन्त्रण गर्न आफूहरु सक्रिय रहेको बताए । तर, अख्तियार सहसचिव समेत रहेका प्रवक्ता पुस्करले सरकारी अधिकारीहरुलाई दावी अस्वीकार गर्दै आफूलाईर् प्रगति विवरण नदेखाउन आग्रह गरे ।

३. ग्राण्डीको बदमासीः भूकम्प पीडितलार्इ बिदेशीले दिएको औषधि ६ महिना लुकाइयो

गत बैशाखमा गएको भूकम्पबाट पीडित नेपालीहरुका लागि दुबईको एनएमसी ग्रुपले करिब १८ लाख दिराम बराबरको औषधि नेपाल पठाएको थियो । एनएमसीको वेबसाइटमा मे १३ (बैशाख ३० गते) तारिखमा छापिएको समाचारमा ‘गत हप्ता ती औषधि एयर कार्गोमार्फत नेपाल पठाइएको’ भनिएको छ ।

४. छोटेलालमाथि सुन्धारामा यसरी भयो ‘इन्काउन्टर’

Chhotelal  (8)

नेपाल प्रहरीबाट एसएलआर र एउटा पेस्तोल लिएर भागेका छोटेलाल ठाकुर तराई मधेसमा विभिन्न अपराध कर्ममा लागेका थिए । हतियार लिएर भागेको ५ वर्षपछि छोटेलाल आइतबार सुन्धारामा प्रहरीको इन्काउन्टरमा परी घाइते अवस्थामा पक्राउ परेका छन् ।

५. भूकम्प पीडितको राहतमा भ्रष्टाचारै भ्रष्टाचार !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई वितरण भएको राहतमा अनियमिततै अनियमिततै भएको बताएको छ । उसले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै राहतमा करोडौं भ्रष्टाचार देखिएको बताएको छ ।

६. आफ्नो विमानस्थल र बन्दरगाह प्रयोग गर्न नेपाललार्इ बंगलादेशी प्रधानमन्त्रीको प्रस्ताव

बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपाललाई आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न नेपालसित प्रस्ताव गरेकी छिन् । भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको समस्या भोगिरहेको नेपालसामू बंगलादेशले आफ्नो विमानस्थल र बन्दरगाह प्रयोग गर्न प्रस्ताव गरेको हो ।

७. इजरायलमा नेपाली चेलीमाथि ‘आतंकवादी आक्रमण’

इजरायलको जेरुसेलम शहरमा आइतबार एक नेपाली चेलीमाथि आतंकवादी आक्रमण भएको छ ।आक्रमणमा परी काठमाण्डौ कोटेश्वर निवासी ३१ बषिर्य इश्वरी थपलिया घाइते भएको जेरुसेलम प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

८. ‘वंश विनास गर्छु’ भन्दै नन्दबहादुरले गरे ४ छोरा-छोरीको हत्या

मुगुको ह्याङ्लु ७ रिगा गाउँका नन्दबहादुर रोकायाले आफ्ना चार छोरा-छोरीको हत्या गरेको खुलासा भएको छ । प्रहरी र स्थानीयले खोजी गर्दै जाँदा आइतबार पाँचौ दिन घरभन्दा करिब १ सय मिटर टाढा बारीमा खाल्डो खनेर गाडेको अवस्थामा उनीहरु चारैजनाको शव फेला परेको हो ।

९. मधेसी मोर्चाका नेताले भने-आन्दोलनलाई भारतसँग नजोडौं

संयुक्त मधेसी मोर्चाका शीर्ष नेताहरुले सरकारी वार्तालाई नाटकको संज्ञा दिएका छन् । वार्ताकालागि बोलाउने तर बिषयमा प्रवेश नै नगरी अलमल्याउने सरकारको प्रवृत्तिलाई उनीहरुले नाटकको संज्ञा दिएका हुन् ।

१०. केपी ओली बाउसे, प्रचण्ड प्राविधिक, हरिबोल किसान !

प्रधानमन्त्री केपी शर्मा ओली खेतमा आली लगाउन सिपालु मानिस हुन् भन्ने तथ्य आइतबार कृषिमन्त्रीले खुलासा गरे । ओलीले खेतमा आली लगाउँदा एक गह्रो सिध्याएपछिमात्रै ढाड उठाउने गरेको कृषिमन्त्री हरिबोल गजुरेलले बताए ।

र, यो पनि

लौ आयो वाइफाइ भन्दा १०० गुणा छिटो चल्ने लाइफाइ

प्रकाशको किरणको प्रयोग गरेर डाटा ट्रान्सफर गर्ने प्रविधि (लाइ फाइ) को इस्टोनियामा सफल परिक्षण भएको छ  । लाइ फाइले अहिले प्रयोगमा आइरहेको वाइ फाइ प्रविधिले भन्दा १०० गुणा सम्म छिटो डाटा ट्रान्सफर गर्न सक्ने देखिएको छ ।f

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment