Comments Add Comment

दिनहुँ पड्कन्छन् ट्रान्सर्फमर

Power_Transformer_186१४ मंसिर, काठमाडौं । नियमित विद्युत आपूर्तिको लोड धान्न नसक्दा काठमाडौं उपत्यकामा दैनिक २/३ वटासम्म ट्रान्सर्फमर पड्कने गरेका छन् । विद्युत आपूर्तिका बेला उपभोक्ताले उच्च भोल्टेजका विद्युतीय उपकरण उपयोग गर्दा त्यसको लोड धान्न नसकेर ट्रान्सर्फमर पड्कने गरेका हुन् ।

भारतले गरेको नाकाबन्दीपछि औद्योगिक क्षेत्र ठप्प हुँदा त्यता खपत हुने बिजुली नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई वितरण गर्दै आएको छ । उद्योगतर्फको विजुली सर्वसाधारणलाई बाँड्दा पनि उनीहरुले सहजता महशुस गर्न सकेका छैनन् ।

गुणस्तरीय सेवा पाउन नसकेको उपभोक्ताको गुनासो रहेको नागरिकमा खबर छ । ‘विहान खाना बसाउँदा झ्याप्प बत्ती जान्छ, कतिबेला आउने हो टुंगो हुँदैन,’ महाराजगञ्जका एक उपभोक्ताले भने-‘अहिले नियमित बत्ती आए पनि हामीलाई राहत महशुस भएको छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment