Comments Add Comment

गृहमा थपिए ६९९ दरबन्दी

१४ मंसिर, काठमाडौं । गृह मन्त्रालयअन्तर्गतका कार्यालयमा सरकारले ६ सय ९९ वटा दरबन्दी थप गरेको छ । नयाँ कार्यालय स्थापना र केही कार्यालयको स्तरोन्तीका लागि दरबन्दी थप गरिएको हो ।

नौ सहसचिव, ११ उपसचिव, एकसय २२ शाखा अधिकृत, ६ मेडिकल अधिकृत, एक रेडियोलोजिस्टको दरबन्दी थपिएको छ । ११ वटा कार्यालयमा उपसचिवको दरबन्दी कटौती भएको नयाँ पत्रिकामा खबर छ ।

नौवटा पहाडी जिल्लामा सिडिओको दरबन्दी स्तरोन्नति गरी उपसचिववाट सहसचिब बनाईको छ । तीनवटा निर्वाचन क्षेत्र भएका पहाही जिल्लामा सिडिओको दरबन्दी स्तरोन्ती गरि उपसचिववाट सहसचिव बनाईको छ । तीनवटा निर्वाचन क्षेत्र भएको पहाडी जिल्लामा सहसचिवलाई सिडिओमा खटाउन थालिएको छ । हाल ती जिल्लामा उपसिचवलाई कामु सिडिओ बनाएर खटाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment