Comments Add Comment

परराष्ट्रमन्त्री कमल थापा आज दिल्ली जाँदै

Kamal Thapa१४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुई दिने भारत भ्रमणका क्रममा सोमबार चार बजे त्यसतर्फ प्रस्थान गर्दैछन् ।

थापा दिल्ली हुँदै बैंग्लोर पुग्ने र त्यहाँ एक अध्यात्मिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

बैंग्लोरबाट मंगलबार दिल्ली फर्केर मन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग छलफल गर्ने कार्यक्रम रहेको छ । यसअघि कात्तिक एक गते भारत भ्रमणमा गएका थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर नेपालको सीमानामा जारी अवरोध हटाएर आपूर्ति सहज बनाउन आग्रह गरेका थिए ।

मंगलबार हुने स्वराजसँगको भेटमा पनि थापाले त्यही आग्रहलाई दोहोर्‍याउने बुझिएको छ ।

यता राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले भने थापाको भारत भ्रमण निजी भ्रमण रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment