Comments Add Comment

रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटायो

Ronaldo१४ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लिग लिडर बार्सिलोनासँगको अंक दुरी ६ मा झारेको छ ।

आइतबार राति भएको खेलमा मड्रिडले आइबरलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

आइबरको घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो हाफको अन्तिमतिर ग्यारेथ बलको गोलबाट अग्रता लिएको थियो ।

८२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरेका छन् ।

जितपछि रियल मड्रिड १३ खेलबाट २७ अंकसहित तेस्रो स्थानमा छ भने लिग लिडर बार्सिलोनाको ३३ अंक छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment