Comments Add Comment

बार्साको अट्याकिङ ट्रिओ बालोन डि’ओर अन्तिम तीनको हकदारः नेयमार

Luis Suarez, Neymar and Lionel Messi

१४ मंसिर, काठमाडौं । फिफाले बालोन डि’ओर अवार्डको अन्तिम तीनमा परेका खेलाडीहरुको नाम आज सार्वजनिक गर्दैछ ।

यो पटक उपाधिको प्रमुख दावेदारका रुपमा अर्जेन्टिनाका लिओनल मेस्सीलाई हेरिएको छ । गत वर्षको विजेता क्रिष्टियानो रोनाल्डोले समेत यसलाई स्वीकार गरेका छन् ।

मेस्सीका टीममेट नेयमार भने यो पटक आफू पनि अन्तिम तीनमा पर्न सक्ने बताउँछन् । साथै उनले आफ्नो अर्का टीममेट लुइस स्वरेजसहित बार्सिलोनोको अट्याकिङ टि्रओ नै अन्तिम तीन मनोनयनको हकदार भएको बताएका छन् ।

एक ब्राजिलियन टीभीसँगको कुराकानीमा बार्सिलोनाका ब्राजिलियन फर्वाड नेयमारले भने, हो म फाइनल लिस्टमा हुन योग्छ छु ।’

आफूहरुले बनाएको रेकर्ड र हालिस गरेको उपलब्धि हेर्ने हो भने बार्सिलोनाको अट्याकिङ ट्रिओ अर्थात मेस्सी, स्वरेज र नेयमार अन्तिम तीनमा पर्ने उनले बताए ।

यद्यपि नेयमारले आफूले कहिल्यै विश्वकै उत्कृष्ट फुटबल हुन वा बालोन डि’ओर जित्न नखेलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment