Comments Add Comment

ब्रेकअप पछि केटीहरुले यसो गर्छन्

girl

जिवनमा दिनदिनै कैयौँ व्यक्तिहरुसँग भेटघाट, चिनजान हुन्छ । तर भेटेभरका सबै मानिस मन पर्नैपर्छ भन्ने जरुरी छैन । मानिसहरुको भीडमा एउटा यस्तो व्यक्ति फेला पर्छ जसलाई आत्मैदेखि मन पराइन्छ र ऊसँग जिन्दगी बिताउने कुरा सोँचिन्छ ।

प्रेमसम्बन्ध राम्रोसँग चलिरहेको हुन्छ तर अचानक केही यस्तो परिस्थिति आइदिन्छ जसले युगल सम्बन्धमा दरार उत्पन्न गरिदिन्छ । त्यो सँगै कुनैबेला सँगै बाँच्ने, सँगै मर्ने कसम खाएका जोडीले एक अर्कासँग छुटि्टने निधो गर्दछन् ।

कतिपय युवती तथा महिलाहरुको बानी यस्तो पनि हुन्छ की चाहे जस्तोसुकै कठीन तथा असामान्य परिस्थिति नै किन नहोस् वा सम्बन्धलाई टुंग्याउनु नै राम्रो किन नहोस् तर जसरी पनि प्रेम सम्बन्धलाई कायमै राख्न चाहन्छन् । तर बुझ्नुपर्ने कुरा के हुन्छ भने सबै प्रेम सम्बन्धहरु दीर्घकालीन हुँदैनन् र केही सम्बन्धहरु तोडिनकै लागि बनेका हुन्छन् अर्थात् त्यस्ता सम्बन्धमा पूर्णविराम लगाउनु नै दुवै जनाको लागि फाइदाजनक हुन्छ ।

केटीहरु प्रायः यस्तो डरमा हुन्छन् की कुनै युवकसँगको प्रेम सम्बन्ध टुटेपछि उनीहरु बिटुलो बन्दछन् अर्थात् आफु बर्बादै होइन्छ र अरुबाट अस्विकृत बनिन्छ भन्ने डर उनीहरुमा हुन्छ । तर यसरी डर मानेर मात्र हुँदैन । यदि प्रेमीले अलग हुने फैसला गरिसकेको छ भने जबरजस्ती गर्नुभन्दा त्यसलाई स्विकार गरेर जिवनलाई नयाँ शिराबाट अगाडि बढाउनु श्रेयस्कर हुन्छ । तर बिछोडपछिको जिवन अझ आलो घाउको अवस्था त्यति सजिलो कहाँ हुन्छ छ । प्रायः केटीहरु प्रेम सम्बन्धको ब्रेकअपपछि यस्तो व्यवहार देखाउने गर्छन् :

  • सोसल मिडियामा आफ्नो भुपु मायालुको तस्वीर हेरिरहने वा पूराना कुराहरु सम्झिरहने ।
  •  विभिन्न किसिमले आफ्नो भुपुसँग पुनः मित्रता कायम राख्ने कोसिस गर्ने ।
  • पीडा भुलाउने बहाना गर्दै मदिरापान गर्ने ।
  • पूराना तस्वीर तथा म्यासेजलाई बारम्बार हेर्ने तथा पढ्ने ।
  • एकपटक फेरि अर्को साँचो प्रेमको खोजीमा निस्कने ।
  • साथीहरुसँग आफुलाई धोका दिने भुपु प्रेमीलाई गाली गलौज गर्ने ।
  •  हरेक समय आफ्नो नयाँ पार्टनरलाई भुपुसँग दाँजेर हेर्ने अनि नयाँलाई अब्बल मान्ने ।
  • यदि ब्रेकअप पछि छिटै अर्को पार्टनर फेला परेन भने प्रेम भन्ने चिजलाई बेकारको चिज घोषित गर्ने ।
  • दुख तथा पीडा भरिएका गीत सुन्ने र यस्तो वियोगपूर्ण कविताहरु लेख्ने ।
    एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment