Comments Add Comment

उत्तर कोरियामा नयाँ कपाल कानून: किम दम्पतीको जस्तै कपाल जनताले बनाउनुपर्ने

Kim-Jong-un

निरंकुशताको पनि एउटा हद हुन्छ । हुँदाहुँदा शासकले जनतालाई कपाल कस्तो बनाउने भन्ने कुरामा पनि निरंकुशता लादेका छन् । उत्तर कोरियामा जनतालाई आफ्ना नेताको जस्तै कपाल बनाउन निर्देशन जारी गरिएको छ ।

जस अनुसार उत्तर कोरियाली हरेक पुरुषले आफ्ना सर्वोच्च नेता किम जोंग अनको जस्तै स्टाइलको कपाल बनाउनुपर्नेछ । जस अनुसार दुर्इ सेन्टिमिटर भन्दा लामो कपाल पाल्न पाइनेछैन र हेयर स्टाइल पनि ठ्याक्कै किमको जस्तै हुनुपर्नेछ ।

पुरुषलाई मात्र कहाँ हो र ? महिलाका लागि पनि नयाँ निर्देशन छ । उत्तर कोरियाली महिलाहरुले अब हेयर स्टाइलमा मनमौजी गर्न पाउनेछैनन् । उनीहरुले किम जोंग अन पत्नी रि सो जु को जस्तै हेयरस्टाइल बनाउनुपर्नेछ । केवल कलाकारहरुलाई मात्र लामो कपाल बनाउन छुट दिइएको छ । सरकारले कपाल कानूनमा कडाइ गर्दै गस्तीलाई तिव्र बनाएको छ । नियम नमान्नेलाई ठाउँका ठाउँ छोप्ने र जबरजस्ती कपाल काटिदिने गरिएको छ ।

कानको छउँछेउँ तथा पछाडिपटि्ट खौरिएको किमको हेयर स्टाइललाई पश्चिमाहरुले निकै खिल्ली उडाउने गरेका छन् । तर यस्तो स्टाइललाई उत्तर कोरियामा भने महत्वाकांक्षाको प्रतिक मानिन्छ र जनतालाई त्यस्तै स्टाइलको कपाल बनाएर आफ्ना महत्वाकांक्षी नेताप्रति सम्मान प्रकट गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment